images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • ब्याचलर्समा डाटा साइन्स पढाउँदै ब्रिटिश...

ब्याचलर्समा डाटा साइन्स पढाउँदै ब्रिटिश कलेज , कस्तो छ कोर्ष ?

ब्याचलर्समा डाटा साइन्स पढाउँदै ब्रिटिश कलेज , कस्तो छ कोर्ष ?

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय (Keele University) सँगको सहकार्यमा नेपालमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरू गरेको छ । 

    images
    images

    नेपालमा छरिएका विशाल डेटालाई व्यवस्थित गर्न र सही दिशाप्रदान गर्न सहयोग पुग्ने गरी ४ वर्षे कार्यक्रम सुरू गरिएको बताइएको छ । देश भित्र उपलब्ध तथ्याङ्कहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन र मार्गदर्शन गर्नु नै यस कार्यक्रमको लक्ष्य भएको कलेजको भनाइ छ । 

    आगामी सेप्टेम्बर २०२५ सम्म पहिलो ५० जना विद्यार्थीका लागि प्रारम्भिक अफर पनि उपलब्ध गराइएको छ । यो कोर्ष अध्ययन गरेपछि वित्त, स्वास्थ्य सेवा, यातायात, व्यापारिक बुद्धिमत्ता, ई-वाणिज्य, सरकार, विज्ञान, र डेटा-संचालित निर्णय लिने र उन्नत विश्लेषण क्षमताहरू आवश्यक पर्ने कुनै पनि संस्थामा काम गर्न सकिने छ । यसमा प्रोग्रामिङका आधारभूत कुराहरू, तथ्याङ्कीय सफ्टवेयर, मेसिन लर्निङ, डाटा भिजुअलाइजेसन, डाटाबेस प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा माइनिङ प्रविधिहरू, र उन्नत विश्लेषणहरू अध्ययन गराइने छ । 

    images
    images

    थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूले ब्रिटिश कलेजमा सम्पर्क गर्न वा यहाँ क्लिक गरेर डाटा साइन्स कोर्षका लागि आफ्नो नाम समेत टिपाउने सक्ने छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend