काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।समितिको तथ्यांकअनुसार आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि ४२ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो शनिबार प्रतिकिलो थोकमा न्यूनतम ४२ देखि अधिकतम ४४ रुपैयाँमा किनबेच भएको थियो ।एक महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । अहिले बजारमा भारतीय प्याजले माग धानेको छ ।व्यवसायीहरूका अनुसार भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्छ ।




.gif)





