images

२०८३ आश्विन २५ गते

images
images
images

चिरख्वा हाइड्रोपावर लिमिटेडको पाँचौ साधारणसभा सम्पन्न

चिरख्वा हाइड्रोपावर लिमिटेडको पाँचौ साधारणसभा सम्पन्न

images
images
अर्थ समाचार
आइतवार, आषाढ २३ २०८१
अर्थ समाचार
आइतवार, आषाढ २३ २०८१
  • काठमाडौँ - चिरख्खा हाइड्रोपावर लिमिटेडको पाँचौ साधारणसभा क्वालिटी ब्याङक्वेट बुद्धनगरमा सम्पन्न भएको छ ।

    images
    images

    आज सम्पन्न साधारण सभाको अध्यक्षता चिरख्वा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक राइले गरेका थिए । कार्यक्रममा संचालकहरु क्रमश वरिष्ठ अधिबक्क्ता केदार कार्की, गणेशमानसिंह कार्की, दावा जाङमु श्रेष्ठ लामा, स्वतन्त्र संचालक पहाड श्रेष्ठ, पब्लिक संचालक प्रतिक्षा पौडेल, आन्नदमणि रावल लगायत विभिन्न शेयरधनीहरुको बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रमको उद्घाटन हाइड्रोपावरका अध्यक्ष दीपक राइले पानसमा बत्ति बालेर गरेका थिए । अध्यक्ष राइले कार्यक्रममा बोल्दै कम्पनीको अधिकृत, जारी तथा चुक्क्ता पुँजी रु ४० करोड रहेको बताए ।

    संचालकउनले कम्पनीको जारी पुँजीको ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्बसाधारणलाई छुट्याउने निर्णय बमाजिम संस्थापक शेयरधनीहरुको २८ करोड र सर्वसाधारणको १२ करोड लगानी भएको बताए । त्यसैगरी अध्यक्ष राइले कम्पनीको आयोजना माथिल्लो चिरख्वा खोला जलविधुत आयोजना (४.७ मेगावाट) निर्माण गर्नका लागि राष्ट्रिय बाणिज्य बैकसँग वित्तिय समझदारी रहेको बताए ।

    images
    images

    उनले भर्ने हामी अब्बल खालको कम्पनी बनाउने कोशिसमा छौ । प्रोजेक्ट बलियो होस् भनेर हामीले गुणस्तरीय सामान प्रयोग गरेका छौ ।”  कार्कीले शेयरधनीहरुको सकारात्मक सुझाव प्रति आभार ब्यक्त गरेका छन् । सेयरधनीको तर्फबाट शत्रुघन श्रेष्ठ, डम्बरु बल्लभ घिमिरे, बैजुनाथ रौनियार, सुदिप श्रेष्ठ, गोविन्द केसी, इन्द्रकृष्ण श्रेष्ठ, निरुपमा लगायतले आफना सुझाव प्रकट गरेका थिए । कार्यक्रममा दावा जाङमु श्रेष्ठ ९लामा०ले अतिथि महानुभावहरुलाई स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कम्पनी सचिव डीपी तिम्सिनाले गरेका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend