images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • ब्रिटिस कलेजद्वारा छैटौं इन्टर कलेज फुटसल...

ब्रिटिस कलेजद्वारा छैटौं इन्टर कलेज फुटसल प्रतियोगिता आयोजना हुदै

ब्रिटिस कलेजद्वारा छैटौं इन्टर कलेज फुटसल प्रतियोगिता आयोजना हुदै

images
images
शनिवार, भाद्र ७ २०८२
शनिवार, भाद्र ७ २०८२
  • काठमाडौं । भाद्र ७, द ब्रिटिस कलेज (TBC)ले आगामी छैटौं ब्रिटिस कप–२०२५ इन्टर कलेज फुटसल टुर्नामेन्टको आयोजना गर्ने भएको छ। प्रतियोगिता अगस्ट २५ देखि २९ गतेसम्म काठमाडौंको बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा हुनेछ।

    images
    images

    सन् २०१८ देखि नियमितरूपमा आयोजना हुँदै आएको यस प्रतियोगितामा यसपटक पहिलोपटक दुई अलग–अलग डिभिजन समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता +२ (इण्टरमिडियट) र स्नातक तह (अन्डरग्राजुएट) का कलेजहरु बीच छुट्टाछुट्टै हुनेछ।

    +२ डिभिजनमा प्रतिस्पर्धा गर्ने कलेजहरूः नाइटिङ्गेल, चेल्सी, डीएभी, एलआरआई, भृस्पती, बीएमसी, एआईटीएम, ओरिएन्टल, भीएस, समृद्धि, ब्लूवर्ड, डियरवाक, उल्लेन्स, ट्रिनिटी इन्टरनेशनल, एभरेष्ट फ्लोरिडा, ओरिएन्ट, सीआरसी, ग्लोबल, क्यास्पियन भ्याली, काष्ठमण्डप, मनास्लु +२।

    images
    images

    स्नातक डिभिजनमा सहभागी कलेजहरूः विरिन्ची, द ब्रिटिस कलेज, ब्रिटिस प्रोफेशनल कलेज (BPC), वेस्टमिनिस्टर कलेज (TWC), थेम्स, सफ्टवैरिका, ISMT, एपेक्स, हेराल्ड, एआईटीएम, टेकस्पायर, नाथएम, प्रेसिडेन्सियल, एलए, नागार्जुन, एआईएमएस, ट्रिनिटी, वेदस, साईम, काठमाडौं बिजनेस क्याम्पस, इनसाइट भिजन तथा आयोजक स्वयं ब्रिटिस कलेज।

    पुरस्कार र सम्मानः प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता तथा फेयर प्ले टिमलाई ५ हजार देखि १० हजार रुपैयाँसम्म नगद सहित सम्मान गरिनेछ।

    ब्रिटिस कलेजले खेलकुद मार्फत विद्यार्थीबीच सहकार्य, नेतृत्व, र खेल भावना विकास गर्ने उद्देश्य राखेको बताएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend