images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • बाढीले दुई सय बिघा धानबाली डुबायो...

बाढीले दुई सय बिघा धानबाली डुबायो महोत्तरी जलेश्वरमा, किसान मर्कामा

बाढीले दुई सय बिघा धानबाली डुबायो महोत्तरी जलेश्वरमा, किसान मर्कामा

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौँ । महोत्तरी,जलेश्वर नगरपालिका–८ मा भीषण बाढीले करिब दुई सय बिघा क्षेत्रफलको धानखेती डुबानमा पर्दा स्थानीय किसानहरू ठुलो क्षतीमा परेका छन्।

    images
    images

    वडाध्यक्ष विजयकुमार सिंहका अनुसार, नर्रीचौरी वन हुँदै आएको बाढीले बजराही, रतवारा र रमौल गाउँमा व्यापक असर पुर्‍याएको छ। बाढीबाट सबैभन्दा बढी क्षति बजराही गाउँमा भएको छ, जहाँ करिब १७० बिघा धानबाली पूर्ण रूपमा डुबेर नष्ट भएको छ। रतवारा र रमौलमा थप ३० बिघा क्षेत्रफलको बालीमा क्षति पुगेको वडाध्यक्ष सिंहले जानकारी दिए।

    बाढीबाट प्रभावित किसानहरू मध्ये रोहित चौधरी, गौरी चौधरी, हरिश्चन्द्र ठाकुर, प्रेमचन्द्र पाठक लगायत दर्जनभन्दा बढी किसानले आफ्नो रोपेको धानबाली डुबेर नष्ट भएको गुनासो गरेका छन्।

    images
    images

    किसानहरूले महँगो बीउ, मल, र मजदुरी खर्चेर रोपाइँ गरेका बाली एकैपटक बाढीले नष्ट गरेपछि उनीहरू चिन्तित छन्।

    यस बाढीको मूल कारण रातो खोलामा थुनिएको पानीको बाँध फुट्नु रहेको बताइएको छ। महोत्तरी गाउँपालिका–३ मडै र एकडारा गाउँपालिका–५ कोल्हुवाका स्थानीयले एक साता अघि खोलाको बाँध फोड्दा खोलाको पानी बाढी बनेर बस्ती र खेतमा पसेको हो।

    वडाध्यक्ष सिंहका अनुसार, बाढीले करिब ८० प्रतिशत धानखेती नष्ट गर्नुका साथै अझै पनि खेतमा पानी जमिरहेकाले आगामी पाँच महिना सम्म कुनै पनि बाली लगाउन नसकिने अवस्था छ।

    यसबीच, प्रभावित किसानहरूले जलेश्वर नगरप्रमुख सुरेश साह सोनार समक्ष तत्काल पानी निकासको व्यवस्था र राहत प्रदान गर्न माग गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend