images

२०८३ आश्विन १७ गते

images
images
images

ताराखोला गाउँपालिका जलविद्युत्को हब बन्दै

ताराखोला गाउँपालिका जलविद्युत्को हब बन्दै

images
images
बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौँ । बागलुङ, ताराखोला,बागलुङ जिल्लाको ताराखोला गाउँपालिका जलविद्युत् उत्पादनको केन्द्रका रूपमा विकसित हुँदै गएको छ। हालसम्म यहाँ दुई जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् भने थप चार आयोजना निर्माण चरणमा छन्।

    images
    images

    गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा सयपत्री हाइड्रो कम्पनीले निर्माण गरेको २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको छ। यो ताराखोलामा निजी क्षेत्रको लगानीमा बनेको पहिलो ठूलो जलविद्युत् आयोजना हो। यसअघि समुदायस्तरमै साना लघु जलविद्युत् परियोजनाहरू सञ्चालनमा थिए।

    त्यस्तै, पाँच वर्षअघि सम्पन्न भएको ३८० किलोवाट क्षमताको ताराखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

    images
    images

    हाल निर्माणको चरणमा रहेका आयोजनाहरूमा मध्यताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना अगाडि बढिरहेको छ। यस आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। त्यस्तै, चार मेगावाट क्षमताको दरम ‘ए’ आयोजनाको पनि ४० प्रतिशत पूर्वाधार निर्माण सकिएको आयोजनाका सञ्चालक मिलन खतिवडाले जानकारी दिए।

    अर्कातर्फ, ३.५ मेगावाटको तल्लो ताराखोला र ४.५ मेगावाटको मध्यदरम ‘बी’ आयोजना हाल निर्माणको प्रक्रियामा रहेका छन्।

    ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकका अनुसार, “स्थानीयको समेत करोडौँको लगानी रहेका यी आयोजनाहरू सम्पन्न भएमा ताराखोलाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ।”

    गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले आयोजनाहरूले गति लिएकाले स्थानीयमा ठूलो उत्साह देखिएको बताए। “हाम्रो गाउँपालिकामा विद्युत् उत्पादनका यत्रा आयोजना बन्नु गर्वको विषय हो। यसले निश्चित रूपमा आर्थिक उन्नति र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ,” उनले भने।

    ताराखोला हुँदै गलकोट सम्म फैलिन थालेका यस्ता आयोजनाहरूले बागलुङ जिल्लालाई ऊर्जा केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend