images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • व्यासको चिस्यान केन्द्रमा बीउ आलु भण्डारण...

व्यासको चिस्यान केन्द्रमा बीउ आलु भण्डारण निःशुल्क

व्यासको चिस्यान केन्द्रमा बीउ आलु भण्डारण निःशुल्क

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानका आलु भण्डारणको निःशुल्क व्यवस्था गरिएको छ । केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले बीउको आलु भण्डारण निःशुल्क गरिएको हो ।तीन रोपनी क्षेत्रफलमा चिस्यान केन्द्र निर्माण गरिएको छ । आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्योहोर्ने जनाएपछि भण्डारण गरिएको हो । चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि आठ मेट्रिकटन बीउ आलु भण्डारण गरिएको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास-९ स्थित सुनौलो नयाँ गोरेटो सहकारी संस्था, व्यास-५ को हरियाली कृषक समूह, व्यास-६ को श्याम्घा साना किसान समूह, रिस्ती मादी कृषक समूह र कृषि ज्ञान केन्द्रबाट गरी उक्त परिमाणको आलुको बीउ भण्डारण गरिएको छ । 

    images
    images

    नगरपालिकाले चिस्यान केन्द्र सञ्चालनका लागि तीन पटकसम्म सूचना जारी गर्दा पनि कुनै सहकारी संस्था वा प्राइभेट फार्मबाट आवेदन नआएपछि नगरपालिका आफैँले सञ्चालन गरेको प्रमुख पोखरेलले बताउनुभयो । एक सय ३० मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गत चैतदेखि विधिवत रूपमा सञ्चालनमा ल्याइएको जनाउँदै उहाँले गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको उल्लेख गर्नुभयो ।केन्द्र निर्माणको जिम्मा देवचुली कन्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । विसं २०७८ भदौ १३ गते कम्पनीले सम्झौता गरी निर्माण अघि बढाइएको थियो । विद्युत् प्राधिकरणले समयमा ‘थ्री फेज’को ट्रान्समिटर जडान नगरिदिँदा एक वर्ष ढिलाइ गरी सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार प्रारम्भिक ठेक्का रकम रु एक करोड ६२ लाख ३२ हजार २४६ रहेकामा थप रु १९ लाख ९८ हजार ६२७ वृद्वि भई करसहित रु करोड ९१ लाख ३२ हजार ७२२ पुगेको नगरपालिकाले जनाएको छ ।वर्षौँदेखि व्यक्तिले कब्जा गरी भोगचलान गर्दै आएको सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षदेखि व्यास नगरपालिकामा उत्पादन भएका आलु, सुन्तलालगायत फलफूल र तरकारी पूर्ण रूपमा भण्डारण गर्न सकिने उहाँले बताउनुभयो । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक करिब रु पाँच करोड बाहिरिनबाट रोकिने व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । “व्यासमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि आलु, फलफूल, तरकारीलगायत कृषिउपज भण्डारण गरी सुरक्षित राख्न सकिन्छ । 

    images
    images

    योसँगै कृषिउपज भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य हुने विश्वास गरेका छौँ”, उहाँले भन्नुभयो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषिउपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान व्यवसायिक रूपमा उत्साहित भएका छन् । विशेषगरी आलु, सागसब्जी तथा अन्य कृषिउपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend