images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • यस्तो छ शिक्षा विधेयकमा प्रधानाध्यापकको काम,...

यस्तो छ शिक्षा विधेयकमा प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार

यस्तो छ शिक्षा विधेयकमा प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौँ । संसद्‌मा दर्ता गर्न लागिएको शिक्षा विधेयकको प्रतिवेदनले प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार तोकेको छ। देशभरका प्रत्येक विद्यालयमा एक जना प्रधानाध्यापक अनिवार्य हुने व्यवस्था गरेको छ।शिक्षक सेवा आयोगमार्फत प्रधानाध्यापकको नियुक्ति हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। प्रत्येक शैक्षिक सत्रमा आवश्यक संख्याको आधारमा आयोगले प्रतिस्पर्धा प्रक्रियाबाट छनोट गरी सूची तयार गर्नेछ। आधारभूत तहका प्रधानाध्यापक जिल्लागत सूचीमा र माध्यमिक तहका प्रधानाध्यापक प्रदेशगत सूचीमा समावेश हुनेछन्।

    images
    images

    विधेयकले प्रधानाध्यापकको पदावधि पाँच वर्ष तोकेको छ। यसैगरी, प्रधानाध्यापकको काम, कर्तव्य र अधिकारलाई विस्तृत रूपमा उल्लेख गरिएको छ। नियमित विद्यालय सञ्चालन, विद्यार्थीको पठनपाठन सुनिश्चितता, शैक्षिक क्यालेण्डरअनुसार भर्ना, परीक्षा र नतिजा प्रकाशन, विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयन, शैक्षिक तथ्यांक व्यवस्थापन, शिक्षक निरीक्षण र पृष्ठपोषण प्रदान गर्ने काम प्रधानाध्यापकको जिम्मेवारीमा पर्नेछ।

    त्यसैगरी, शिक्षण सिकाइलाई बालमैत्री बनाउनुपर्ने, विद्यार्थीको निरन्तर मूल्यांकन र उपलब्धि विवरण राख्ने, स्थानीय तहमा प्रतिवेदन पेस गर्ने, शिक्षक तथा विद्यार्थी आचारसंहिता लागु गर्ने, विद्यालयको आर्थिक प्रशासन तथा बेरुजु फस्र्योट समाधान गर्ने र गुनासो व्यवस्थापन गर्ने दायित्व प्रधानाध्यापकको हुने व्यवस्था गरिएको छ।विद्यालयका चलअचल सम्पत्ति, शिक्षक विद्यार्थीलगायतका अभिलेख सुरक्षित राख्ने जिम्मेवारी पनि प्रधानाध्यापकलाई दिने प्रावधान विधेयकमा समेटिएको छ।

    images
    images

     प्रतिवेदनअनुसार प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार

    (क) नियमित विद्यालय सञ्चालन गरी विद्यार्थीको पठनपाठनको सुनिश्चितता गर्ने, गराउने,

    (ख) विद्यालयको स्वीकृत शैक्षिक क्यालेण्डरको आधारमा विद्यार्थी भर्ना, परीक्षा र नतिजा प्रकाशन सम्बन्धी काम गर्ने, गराउने,

    (ग) विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गरी सोको कार्यान्वयन गर्ने, गराउने,

    (घ) शैक्षिक तथ्याङ्क नियमित रूपमा भर्ने, भराउने,

    (ड) शिक्षकको कक्षा निरीक्षण गरी आवश्यकता अनुसार पृष्ठपोषण प्रदान गर्ने,

    (च) शिक्षण सिकाई क्रियाकलापलाई बालमैत्री बनाउने,

    (छ) विद्यार्थीको निरन्तर मूल्याङ्कन गरी सिकाइ उपलब्धीको विवरण राख्ने व्यवस्था मिलाउने,

    (ज) विद्यार्थीको कक्षागत र विषयगत सिकाइ उपलब्धीको विश्लेषण गरी सो को प्रतिवेदन स्थानीय तहमा पेश गर्ने,

    (झ) शिक्षक तथा विद्यार्थीको आचार संहिता बनाई लागू गर्ने,

    (ञ) विद्यालयको आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने, गराउने,

    (ट) विद्यालयको बेरुजु फस्र्योट सम्बन्धी कार्य गर्ने,

    (ठ) गुनासो व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने,

    (ड) विद्यालयका चल अचल सम्पति, शिक्षक विद्यार्थी लगायतका अभिलेख सुरक्षित रूपमा राख्ने र राख्न लगाउने।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend