images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • कञ्चनपुरमा कुलो निर्माण, ७५ हेक्टर जमिनमा...

कञ्चनपुरमा कुलो निर्माण, ७५ हेक्टर जमिनमा सिँचाइ सुविधा

कञ्चनपुरमा कुलो निर्माण, ७५ हेक्टर जमिनमा सिँचाइ सुविधा

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौँ । कञ्चनपुर, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा ३ हजार ९ सय मिटर सिँचाइ कुलो निर्माण गरेको छ।

    images
    images

    डिभिजन प्रमुख महादेव विष्टका अनुसार सिँचाइ कुलो निर्माण ठेक्का र उपभोक्ता समिति मार्फत गरिएको हो। उनका अनुसार ठेक्का मार्फत शुक्लाफाँटा नगरपालिका–८ र बेदकोट नगरपालिका–७ तथा ८ मा २,८७५ मिटर सिँचाइ कुलो निर्माण गरिएको छ भने उपभोक्ता समिति मार्फत १,०२७ मिटर कुलो निर्माण गरिएको हो।

    “गत आवमा सम्पन्न कुलोबाट ७५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ,” प्रमुख विष्टले बताए। उनका अनुसार २८७ मिटरमा मुहान संरक्षण र तीनवटा पोखरी निर्माण कार्य पनि सम्पन्न भएको छ।

    images
    images

    त्यस्तै तटबन्ध मार्फत ८ हेक्टर जमिन संरक्षण गरिएको छ। चौधर र पथरीया नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको उल्लेख गर्दै प्रमुख विष्टले भने, “गत आवमा सिँचाइ संरचना तथा तटबन्ध निर्माणमा ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेका छौँ।”कार्यालयका अनुसार १,१२४ मिटर तटबन्ध ठेक्का मार्फत र ४,८६८ मिटर उपभोक्ता समिति मार्फत निर्माण गरिएको हो। तटबन्ध तथा बाँध निर्माणमा १२ करोड १४ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ भने सिँचाइ संरचना निर्माणमा २ करोड ६३ लाख २० हजार रुपैयाँ खर्च भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend