काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा एकल अंकको वृद्धि भएको छ । मंगलबार ६.५१ अंकले बढ्दै नेप्से २७७६.९० को बिन्दुमा उक्लिएको छ ।यसअघि सोमबार पनि नेप्से ९.१६ अंकले बढेको थियो ।
एकल अंकको वृद्धिका बिच होटल तथा पर्यटनबाहेक सबै समूहको सूचक बढ्यो । आज सबैभन्दा धेरै उत्पादन तथा प्रशाेधन समूहको सूचक ०.४६ प्रतिशतले बढेको छ ।आज कारोबारमा आएका १४२ कम्पनीको मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्य घटेको छ ।
सूचकमा निरन्तर वृद्धि देखिएपनि कारोबार रकम भने सुस्ताएको छ । मंगलबार १ करोड ३१ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६३ करोड ६५ लाखमै सीमित भयो । जुन कारोबार २ महिनायताकै कम हो ।मंगलबारको कारोबारले लगानीकर्ता सुस्ताएको संकेत गर्दछ । यद्यपि, लगातार सूचकमा भएको वृद्धिले भने करेक्सनको तह सकिएको संकेत गर्दछ ।




.gif)





