images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • शिक्षा विधेयकमा राहत शिक्षक कोटा लगायत...

शिक्षा विधेयकमा राहत शिक्षक कोटा लगायत शिक्षकका लागि विशेष व्यवस्था

शिक्षा विधेयकमा राहत शिक्षक कोटा लगायत शिक्षकका लागि विशेष व्यवस्था

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौँ ।  विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनले राहत शिक्षक कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक, प्रशिक्षक अनुदान कोटा र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई लक्षित गर्दै विशेष व्यवस्था प्रस्ताव गरेको छ।प्रतिवेदन अनुसार यो ऐन प्रारम्भ भएपछि शिक्षक सेवाबाट पहिलो पटक सञ्चालन हुने परीक्षामा सहभागी हुँदा उनीहरूलाई उमेरको हद लागू हुने छैन।

    images
    images

    कक्षा ११ र १२ को स्वीकृत दरबन्दीसहित कुल दरबन्दीको ६० प्रतिशत सिटमा राहत, विशेष शिक्षा, प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा, शिक्षण सिकाइ अनुदान कोटामा कार्यरत शिक्षक र अस्थायी शिक्षकलाई सीमित प्रतिस्पर्धा मार्फत पदपूर्ति गरिने व्यवस्था छ। बाँकी ४० प्रतिशत सिट भने खुला प्रतियोगिता मार्फत भर्ने प्रावधान राखिएको छ।

    प्राथमिक तहमा खुला तथा सीमित प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेका पदलाई लागत नबढाई दरबन्दी कायम गरी आधारभूत तह विषयगत वा माध्यमिक तहमा रूपान्तरण गरी पदपूर्ति गर्ने व्यवस्था गरिएको छ।त्यस्तै, राहत तथा विशेष शिक्षा प्राविधिक धारका शिक्षक र प्रशिक्षक अनुदान कोटाका लागि छुट्याइएको ६० प्रतिशत सिटमा सो वर्षकै विज्ञापनबाट सीमित प्रतिस्पर्धामा पदपूर्ति हुन नसकेमा, बाँकी पद खुला विज्ञापन मार्फत पूर्ति गरिने प्रावधान प्रतिवेदनमा समावेश गरिएको छ।

    images
    images

    यसबाहेक, सीमित प्रतिस्पर्धामा अनुत्तीर्ण हुने शिक्षकले आफूले गरेको सेवा अवधिको आधारमा नेपाल सरकारले तोकेअनुसारको आर्थिक सुविधा प्राप्त गर्ने व्यवस्था पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।उक्त प्रतिवेदन सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा समिति सचिव दशरथ धमलाले समितिका सभापति अम्मरबहादुर थापालाई हस्तान्तरण गरेका थिए।

    प्रतिवेदनमा उल्लेख भएका व्यवस्था

    राहत शिक्षक कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकलाई यो ऐन प्रारम्भ भएपछि शिक्षक सेवाबाट पहिलो पटक सञ्चालन हुने परीक्षामा भाग लिन उमेरको हद लाग्ने छैन । कक्षा एघार र बाह्रको स्वीकृत दरबन्दी सहित कुल दरबन्दीको साठी प्रतिशत सिटमा यो ऐन प्रारम्भ हुँदाका बखत राहत शिक्षक अनुदान कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा, शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षक र कक्षा एघार र कक्षा बाहको स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी शिक्षकहरु मध्येबाट सीमित प्रतिस्पर्धाको आधारमा र बाँकी चालिस प्रतिशत सिटमा खुला प्रतियोगिताको आधारमा परीक्षा लिई आयोगको सिफारिसमा पदपूर्ति गरिनेछ ।

    तर यसरी कायम हुने प्राथमिक तहको खुल्लातर्फको चालिस प्रतिशत पद र सिमित प्रतिस्पर्धाका आधारमा पदपूर्ति हुने साठी प्रतिशत पदबाट पदपूर्ति हुन नसकेको त्यस्तो पदलाई लागत नबढ्ने गरी दरबन्दी कायम गरी आधारभूत तह विषयगत र माध्यमिक तहमा रुपान्तरण गरी पदपूर्ति गरिनेछ ।राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटाका लागि छुट्याइएको साठी प्रतिशत सिटमा सो वर्षको विज्ञापनमा सीमित प्रतिस्पर्धाको आधारमा पदपूर्ति हुन नसकेमा सोही वर्षको खुलातर्फको विज्ञापनबाट पूर्ति गरिनेछ ।

    सीमित प्रतिस्पर्धामा अनुत्तीर्ण हुने राहत शिक्षक अनुदान कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले निजले गरेको सेवा अवधिको आधारमा नेपाल सरकारले निर्धारण गरे बमोजिमको आर्थिक सुविधा प्राप्त गर्न सक्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend