images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • डिम्ब निकालेर बिक्री वितरण ...

डिम्ब निकालेर बिक्री वितरण नगर्न माग गर्दै सर्वोच्चमा रिट

डिम्ब निकालेर बिक्री वितरण नगर्न माग गर्दै सर्वोच्चमा रिट

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौं । महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइगोनिसिस्ट प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर बिक्री वितरण गरेको विषय सार्वजनिक भएपछि यससम्बन्धमा सर्वोच्च अदालतमा रिट परेको हो ।अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै १ भदौमा रिट दायर गरेका हुन् ।

    images
    images

    कानुन बनाएर मात्रै महिला तथा किशोरीहरूको डिम्ब निकाल्नु र भण्डार गर्नुपर्ने बताएका छन् । ‘महिला तथा किशोरीहरूबाट डिम्ब निस्कान तथा भण्डारण नगर्न नगराउन, उनीहरूको प्रजजन स्वास्थ्यमा अन्तर्निहित हुने जोखिम तथा सुविधा सन्तुलनको दृष्टिकोणले यस रिट निवेदनको अन्तिम टुंगो नगालेसम्म प्रत्यार्थीहरूको नाममा अन्तरिम आदेश जारी गरी पाउँ’ रिटमा भनिएको छ ।त्यसैगरी होपले अवैधानिक रूपमा डिम्ब निकालेका यो मानव बेचबिखनको कसुर रहेको दाबी गर्दै उनीहरूको मुद्दामा दृष्टिगत गरी सोहीअनुसारको आदेशको माग समेत गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend