काठमाडौँ । अपि पावर लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
कम्पनीले अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । अघिल्लो वर्ष कम्पनीले ७ .५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।




.gif)





