काठमाडौँ । ३ भदौ, राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकको कार्यसूचीमा सहरी विकास मन्त्रालय सँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीद्वारा दिइने कार्यसूची छ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरू सँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभामुख समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल सम्बन्धी विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको छ।
त्यस्तै अर्थसमिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दै छन्। अर्थसमितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ। कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’को दफावार छलफल गरिने कार्यक्रम छ।




.gif)





