images

२०८३ आश्विन १८ गते

images
images
images

“टोपी ढाकाको” गीतले नेपाली संगीत बजारमा ल्यायो सांस्कृतिक क्रान्ति

“टोपी ढाकाको” गीतले नेपाली संगीत बजारमा ल्यायो सांस्कृतिक क्रान्ति

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौँः ललितपुर,चेतनाथ बजगाइँ नेपाली संगीतमा मौलिकताको अभावबारे चासो बढिरहेका बेला, “टोपी ढाकाको” बोलको नयाँ गीतले दर्शक–श्रोतामाझ मौलिकता, संस्कृति र गौरवको भावना फेरि उजागर गरेको छ। गायक तथा मोडेल सिताराम घिमिरे र गायिका संगीता गुरुङको स्वरमा सजिएको यो गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    images
    images

    नेपालको राष्ट्रिय पहिचानको प्रतीक ढाका टोपीलाई केन्द्रमा राखेर तयार पारिएको यो गीतलाई दर्शकहरूले “नेपालीपनको सशक्त उत्सव” का रूपमा लिएका छन्। गीतकार सुदीप परियारको शब्द, कृष्ण के.सी.को संगीत संयोजन र विनोद परियारको मिक्सिङ–मास्टरिङले गीतलाई पूर्ण सांगीतिक अनुभव बनाएका छन्।

    भिडियो निर्देशन स्वयं सिताराम घिमिरेले गरेका हुन्, जहाँ उनी स्वयं अभिनेत्री सम्झना तिमिल्सिना सँग सह–अभिनयमा देखिएका छन्। ग्रामीण सौन्दर्य, लोक परम्परा र आधुनिकताको समिश्रणले भिडियोलाई थप आकर्षक बनाएको छ।

    images
    images

    अनन्त कुमारी घिमिरेको निर्माण नेतृत्वमा तयार भएको गीतले छोटो समयमै युट्युबमा लोकप्रियता हासिल गर्दै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रियाको बाढी ल्याएको छ। सांस्कृतिक सन्देश बोकेको यो गीतले विशेष गरी नयाँ पुस्तामा देशप्रेम र सांस्कृतिक चेतनाको भावना बढाउने अपेक्षा गरिएको छ।

    “टोपी ढाकाको” गीत नेपाली संगीतमा मौलिकताको पुनरागमनको संकेत हो। सांस्कृतिक संरक्षण र पहिचानको प्रवर्धनमा यसले राखेको कदम सराहनीय छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend