काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले श्रीपेच लगाएर मोटर साइकलमा काठमाडौँको चोक गल्ली घुमेका छन् । यो दृश्य यही ६ भदौबाट चलचित्र घरमा रिलिज हुने नेपाली चलचित्र ‘माग्ने राजा’मा समेटिएको छ । चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक भएपछि केदारले श्रीपेच लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल छ । उनको यो दृश्यको भिडियो पनि भाइरल भएको छ । तर यो दृश्य खिच्नको लागि चलचित्रको टिमले निकै सास्ती भोग्नु परेको थियो । जसका लागि प्रहरीले पटक पटक दुःख दिएको यसका अभिनेता केदारले बताएका छन् ।
चलचित्र ‘माग्ने राजा’मा माग्ने बनेका केदारले श्रीपेच लगाएर बुलेट बाईकमा गाउँदेखि शहरसम्म पुगेको दृश्य देख्न पाईने छ । यो दृश्य छायांकन गर्नको लागि स्थलको रुपमा चलचित्र युनिटले सुरुमा राज दरवार अगाडि दरवार मार्गमा तय गरेको थियो । तर त्यो दिन दरवार मार्गमा राजावादीहरुको जुलसको कार्यक्रम थियो । सोही कारण श्रीपेच लगाएर त्यहाँ जाँदा राजवादीहरुको लागि जिस्क्याएको जस्तो हुने भएकाले झडपको सम्भावना देखेर चलचित्र युनिट दरवार मार्गबाट प्रहरी प्रधान कार्यलय नक्साल नजिक नारायण चौरबाट अगाडि पुग्यो ।त्यसपछिको अवस्था’bout कलाकार केदारले भने,‘म श्रीपेच लगाएर अघि बढ्नको लागि बुलेट बाईक स्टार्ट गर्दै थिएँ भने मैले श्रीपेच लगाएर बाईकमा हिँडेको दृष्य खिच्न गाडी भित्र क्यामेराको टिम तयार थियो ।त्यो पल सम्झँदै केदारले भने,‘हामीले चलचित्रको छायांकनको क्रममा रहेको र सोही दृष्यका लागि श्रीपेच लगाएको जवाफ दिएपछि त्यो सम्वेदनसिल क्षेत्र भएकाले त्यहाँ छायांकन नगर्ने सर्तमा हामीलाई छाडियो । यसपछि फेरी निर्देशक ऋषी लामिछानेले दरवार मार्गमा गएर खिचौँ भन्दा सुरक्षाको कारण देखाउँदै मैले अश्विकार गरेँ ।’
यसपछि फेरी यो युनिट टंगाल हुँदै भाटभटेनी पुग्यो । भाटभटेनीबाट श्रीपेच लगाएर बुलेट बाईकमा केदार अघि बढे भने चलचित्रको युनिट गाडीमा बसेर त्यो दृश्य छायांकन गर्दै केदारको पछि लाग्यो ।यसरी अघि बढ्ने क्रममा वालुवाटर नपुग्दै चिनियाँ राजदुतावास अगाडिका प्रहरीले केदारलाई रोकेर फेरी श्रीपेच खोसे । यति बेला भने यो चलचित्रका निर्देशक ऋषी लामिछानेले दरवारमार्गका डिएसपीलाई फोन गरेर घटना’bout जानकारी गराए । अब आफूहरु दरबार मार्गमा बाँकी दृष्य खिच्न आउने भन्दै त्यसको लागि सहयोग गर्न अनुरोध गरे । त्यसपछि दुतावास अगाडिको प्रहरीले त्यो क्षेत्रमा नखिच्ने सर्तमा श्रीपेच फिर्ता ग¥यो ।
यसरी श्रीपेच लगाएर बाईकमा डुलेको दृष्य दरवार मार्गमा खिच्ने भनेर हिँडेको टोलीले त्यो दिन दरबार मार्ग देख्न पनि पार्ईएन । अब चलचित्रमा दरबार मार्गको दृष्य र श्रीपेच लगाएर हिडेको दृष्य अलग अलग रुपमा दर्शकले देख्न पाउने केदारले बताए । बाटोमा बास्तविक प्रहरीले आफूलाई सोधपुछ गरेको दृश्य गाडी भित्रबाट छायांकन गरिएकाले त्यो दृश्य पनि चलचित्रमा हेर्न पाइने पनि केदारले बताए ।




.gif)





