images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • ‘नाडा अटो शो-२०२४’ आजदेखि सुरु हुदै,...

‘नाडा अटो शो-२०२४’ आजदेखि सुरु हुदै, दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै

‘नाडा अटो शो-२०२४’ आजदेखि सुरु हुदै, दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै

images
images
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौं । अटोमोबाइल क्षेत्रको कुम्भ मेला अर्थात् ‘नाडा अटो शो( २०२४’ भोलि (भदौ ११ गते मंगलबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ । १६औं संस्करणको ‘नाडा अटो शो’को सम्पूर्ण तयारी पूरा भएको छ ।

    images
    images

    नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले हरेक वर्ष ‘नाडा अटो शो’ आयोजना गर्दै आइरहेको छ । ६ दिनसम्म चल्ने मेलाका लागि अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् । आयोजकका अनुसार यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ ।  प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको छ ।

    प्रदर्शनीमा विभिन्न २४ वटा ब्राण्डका चार पांग्रे, १० ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गरिने ‘नाडा अटो शो’ समितिका संयोजक अनुपकुमार बरालले बताए ।

    images
    images

    नाडा अटो शोमा सवारीसाधनसँगै विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स, विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट, ग्यारेज र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरुको ३३ कम्पनीहरू रहने छन् ।

    अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागी जनाउँदै छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

    विद्युतीय सवारीमा जोड

    यसवर्ष पनि नाडाले विद्युतीय सवारी साधानमा जोड दिएको छ ।  विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढेसँगै यस वर्ष पनि अटो शोमा विद्युतीय सवारीले भरिभराउ हुने भएका हुन् । व्यवसायीहरु पनि अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्राण्डका विद्युतीय गाडी भित्र्याउन तछाडमछाड गरिरहेका छन् ।

    यस वर्षको ‘नाडा अटो शो’ मा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल प्रदर्शनीका लागि राखिने आयोजकले जनाएको छ । नाडाका अनुसार यस वर्ष करिब एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्।

    यस वर्षको नाडा अटो शोमा बिवाईडीको एम-सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट अवतार ११ प्रदर्शनीमा राख्न लागिएको छ । भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु नाडा अटो शोमा प्रदर्शनीमा राखिने भएको छ ।

    सरकारले पनि विद्युत्तीय सवारी साधनलाई प्राथमिकता दिँदै वातावरण प्रदूषण कम गर्ने नीति लिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न ठूला तथा साना रुटमा विद्युतीय सवारी साधनको उपयोग बढ्दो छ ।

    गत वर्षको नाडा आटो शोमा पनि विद्युतीय सवारीले वर्चस्व राखेको थियो ।

    घरेलु विद्युतको उपयोगमा वृद्धि, सञ्चालन र मर्मत खर्च कम र वातावरणमैत्री भएकाले नेपालमा विद्युतीय सवारी साधनको माग बढ्दो क्रममा छ ।

    अर्थतन्त्र चलायमान बनाउने अपेक्षा

    नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको प्रकाशमा, नाडा अटो शो २०२४ ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ ।

    आयोजकहरूले यस वर्षको प्रदर्शनीले मात्र आर्थिक गतिविधिलाई बढावा दिने मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल व्यवसाय समुदायको मनोबललाई पनि उचाल्ने विश्वास गरेका छन्।

    विशेषगरी नाडा अटो शोले राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्याउँदै आएको छ ।

    उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं उपभोक्ताहरूलाई यस नाडा अटो शो ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक टिमले जनाएको छ ।

    नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

    नाडा अटो शोमा विभिन्न साझेदारहरू छन् । हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ । त्यस्तै खल्ती टिकटिङ पार्टनरको रूपमा रहनेछ। जसले टिकेटिङमा २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ ।

    वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ । ८८ हिटको प्रा.लि.८८ले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ । सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षा र सुरक्षाका लागि निगरानी गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend