images

२०८३ आश्विन १८ गते

images
images
images

‘३६ को आँकडा’ मा अभिनय गर्न काठमाडौं आइन् निरुता सिंह

‘३६ को आँकडा’ मा अभिनय गर्न काठमाडौं आइन् निरुता सिंह

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्नका लागि अभिनेत्री निरुता सिंह काठमाडौं आइपुगेकी छिन् ।मुम्बईबाट आइतवार राति काठमाडौं आएकी निरुताले पत्रकारहरुसँग कुरा गर्दै आफू नयाँ फिल्मका लागि अत्यन्तै उत्साहित रहेको बताइन् ।निरुताले भनिन्– ‘अब म कहीँ पनि जादिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मलाई कोरोना भयो । त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ । अब भने म कहिँ पनि जान्नँ ।’

    images
    images

    निरुताले आफू नेपाली फिल्मभन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन् । उनले बिचमा केही फिल्मबाट अफर आए पनि विभिन्न कुराहरु नमिलेर काम गर्न पाएको थिइनन् ।यो फिल्ममा निरुताको भूमिका के हो भन्ने खुलेको छैन । निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने सुनाए । निरुतालाई फिल्ममा लिनुको कारणबारे सविर भन्छन्– ‘मैले सहायक निर्देशकको रुपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ । कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ । यसैले, उहाँलाई हामीले आग्रह गरेका हौं ।’

    यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारहरुको पनि अभिनय छ । रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । अब भने यी दुई स्टारले एकसाथ काम गर्दैछन् ।अनिभेत्री सिंहले फिल्म ‘दाल भात तरकारी’ पछि नयाँ फिल्ममा काम गरेकी छैनन् । अब भने उनी आजदेखि छायांकनमा जान लागेको फिल्म ‘३६ को आँकडा’मा काम गर्न तयारी भएकी छिन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend