images

२०८३ आश्विन १८ गते

images
images
images

“Mrs. Teej 2082 – Season 1” तथा तीज विशेष उत्सव भव्य रूपमा सम्पन्न

“Mrs. Teej 2082 – Season 1” तथा तीज विशेष उत्सव भव्य रूपमा सम्पन्न

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौँ – Luxury Event & Entertainment (LEE) को आयोजनामा “Mrs. Teej 2082–Season 1” तथा तीज विशेष उत्सव अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमका आयोजकले सम्पूर्ण सहयोगी, प्रायोजक, अतिथि, कलाकार, सहभागी र दर्शकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

    images
    images

    कार्यक्रमको प्रमुख अतिथिको रूपमा मञ्जली शाक्य बज्राचार्यज्यूको विशेष उपस्थिति कार्यक्रमलाई थप सम्मानित बनाएको आयोजकले बताएका छन्।

    प्रतियोगितामा प्रतिमा काफ्लेले “Mrs. Teej 2082–Season 1” को उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी छन्। आयोजकले उनलाई हार्दिक बधाई दिंदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। साथै, प्रतियोगितामा सहभागी भई आफ्नो आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्ने एलिशा काफ्ले, दुर्गा घिमिरे गिरी, र सेमिला श्रेष्ठलाई समेत बधाई तथा शुभकामना दिइएको छ।

    images
    images

    कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, Kiwanis Club का विशिष्ट व्यक्तित्वहरू, आफन्तजन, स्कुल साथीहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिले समारोहलाई अझ भव्य बनाएको थियो।

    सांस्कृतिक प्रस्तुति, गीत–सङ्गीत तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूले भरिपूर्ण यो उत्सवलाई कोरियोग्राफर, होस्ट, निर्णायक मण्डली, स्वयंसेवक, क्यामेराम्यान, र अन्य प्राविधिक सहयोगीहरूको योगदानले जीवन्त र व्यवस्थित बनाएको थियो। Black Bird Entertainment, पङेनी अवार्ड हाउस, तथा कार्यक्रम स्थल व्यवस्थापनलाई पनि आयोजकले विशेष धन्यवाद व्यक्त गरेका छन्।

    कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै सफलतापूर्वक सम्पन्न गर्न मुख्य भूमिका निभाउने Luxury Event & Entertainment Team, Event Manager Mr. Purab Mahanta तथा Pujan Mahantaलाई विशेष धन्यवाद दिँदै आयोजकले भने, “तपाईंहरूको साथ, माया र समर्पण बिना यो सफलता सम्भव हुने थिएन।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend