images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • कुकुर र चरन अभावले भेडापालन पेसा...

कुकुर र चरन अभावले भेडापालन पेसा सङ्कटमा

कुकुर र चरन अभावले भेडापालन पेसा सङ्कटमा

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौँः भोजपुर, मैयुङ सहज चरन क्षेत्रको अभाव र छाडा कुकुरको आक्रमणले यहाँका भेडापालक किसानहरू गम्भीर समस्यामा परेका छन्। लामो समय देखि व्यावसायिक रूपमा भेडापालन गर्दै आएका कृषकहरूले पेसा नै छाड्न बाध्य हुने अवस्था आएको बताएका छन्।

    images
    images

    ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतका अनुसार, पछिल्ला दुई वर्षमा मात्रै करिब २० जनाले भेडापालन व्यवसाय छाडेका छन्। चरन क्षेत्रको अभावले सामुदायिक वनमा शुल्क तिरेर भेडा चराउनु पर्ने बाध्यता रहेको उनले बताएका छन्। “कसैले प्रति भेडा रु ५० लिन्छन् भने, कसैले एकमुष्ट हजारौं लिन्छन्। तीन महिना मात्र चराए पनि एक वर्षको शुल्क तिर्नुपर्छ,” गोविन्द कठेतले बताएका छन्।

    मैयुङ क्षेत्रमा पर्ने सात वटा सामुदायिक वनमा चरनका लागि शुल्क तिर्नुपर्ने अवस्था छ। एउटा वनमा चराए वापत प्रति भेडी गोठ रु ५०० देखि रु ५००० सम्म तिर्नुपर्ने जानकारी प्राप्त भएको छ।

    images
    images

    अर्का भेडापालक शेरबहादुर कठेतका अनुसार, चरन क्षेत्र मात्र होइन, छाडा कुकुर पनि भेडापालनमा ठूलो बाधक बनेका छन्। उनका अनुसार, गत पुस देखि हाल सम्म कुकुरले करिब १०० भेडा मारेका छन्। छिनभरमै कुकुरले भेडा मारिदिन्छ, स्थानीय सरकारले कुकुर नियन्त्रणमा ध्यान दिनुपर्छ, उनले आग्रह गरे।

    हाल भोजपुर र खोटाङको मैयुङ क्षेत्रमा १८ देखि २० जना किसान मात्र व्यावसायिक रूपमा भेडापालनमा संलग्न छन्। यदि राज्यले यस पेसाको संरक्षणमा ध्यान नदिए यो पेसा पूर्णरूपमा सङ्कटमा पर्ने खतरा रहेको किसानहरूको भनाइ छ।

    भेडापालनबाट कृषकहरूले भेडा, ऊन, घ्यू, मही लगायतका उत्पादन बिक्री गरी वार्षिक रूपमा लाखौँ आम्दानी गर्दै आएका छन्। एक सय भेडा सम्म पाल्ने किसानले वार्षिक रु चार लाख सम्म आम्दानी गर्ने गरेको बताएका छन्।

    कृषकहरूले चरन क्षेत्रको व्यवस्थापन, सामुदायिक वनको शुल्क यथोचित बनाउन तथा छाडा कुकुरको नियन्त्रणका लागि सरकारको तत्काल पहल आवश्यक रहेको बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend