काठमाडौँः भाद्र ०२,जनकपुरधाम मधेस प्रदेशमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ। आर्थिक वर्ष २०८१।८२ मा प्रदेशले कुल रु ५ अर्ब ५४ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ, जुन पछिल्ला सात वर्षको सबैभन्दा उच्च सङ्ख्या हो।
सात वर्षअघि, आर्थिक वर्ष २०७५।७६ मा जम्मा रु २ अर्ब ६६ करोड १५ लाख ३६ हजार मात्र राजस्व सङ्कलन भएको थियो। त्यो समयको तुलनामा हालको सङ्कलन दोब्बर भन्दा बढी हो।
प्रदेशको अर्थ मन्त्रालयले यस प्रगतिलाई उल्लेख्य उपलब्धि भन्दै स्वागत गरेको छ। सचिव रामकुमार महतोका अनुसार, कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधिमा वृद्धि यस सफलताका प्रमुख कारक हुन्।
राजस्व सङ्कलनमा यो उल्लेख्य प्रगति हो, सचिव महतोले भन्नुभयो, यसले अब राम्रो लिक समातेको छ।
अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा मात्र रु ३ अर्ब ५ करोड ९२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो। यो वर्षको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै ८२ प्रतिशत ले वृद्धि भएको देखिन्छ।
मन्त्रालयले आगामी वर्षहरूमा पनि राजस्व सङ्कलन अझ प्रभावकारी बनाउने योजना बनाएको छ। सचिव महतोका अनुसार, सङ्कलन प्रक्रियालाई वैज्ञानिक ढङ्गले व्यवस्थित गरिएकाले भविष्यमा अझ सशक्त परिणाम देखिनेछ।




.gif)





