images

२०८३ आश्विन १८ गते

images
images
images

फिल्म ‘आ बाट आमा’ अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने

फिल्म ‘आ बाट आमा’ अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको माग नेपालमा मात्र नभएर विदेशमा पनि उच्च बन्दै गएको छ। केही समयअघि निर्माण घोषणा गरिएको फिल्म ‘आ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रदर्शन हुने भएको छ।हिमारु इन्टरटेनमेन्टले दुइटै देशको प्रदर्शन अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।

    images
    images

    चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा निर्माण हुने फिल्मले मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्नेछ। अन्य देशको लागि पनि फिल्मको कुरा भइरहेको निर्देशक पन्तले बताए।फिल्ममा पल शाह, टिकटकर उषा उप्रेती, अभिनेत्री विपना थापा, सिमरन पन्त र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतलगायत कलाकार छनोट भइसकेका छन्।

    यही भदौबाट छायांकन सुरु हुने भनिएको फिल्म आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ। फिल्म आगामी वर्ष २०८३ को फागुन १५ मा प्रदर्शन गर्ने टिमको तयारी छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend