काठमाडौंः आज २०८२ साल भदौ १ गते, आइतबार, हिन्दू पंचांग अनुसार भाद्र कृष्ण पक्षको नवमी तिथि पर्छ। परम्परागत विश्वास अनुसार आइतबार सूर्य देवताको पूजा गर्ने विशेष दिन हो।
धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबारको दिन सूर्यदेवलाई पूजा गर्दा समाजमा आदर, प्रतिष्ठा प्राप्त हुने र जन्म कुण्डलीमा रहेका सूर्य दोषहरू हट्ने विश्वास गरिन्छ।
सूर्य पूजा विधिमा बिहान चाँडै उठेर स्नान गरी, सूर्यलाई अर्घ्य (जल) चढाइन्छ। पूजामा रातो चन्दन, गुडहलको फूल, चामल, रातो फूल, र गुड वा गुडबाट बनेका मिठाइ चढाउने गरिन्छ।
पूजा पश्चात निम्न मन्त्र मध्य एक जप गर्ने परम्परा छः
🔸 प्रातः स्मरामि खलु तत्सवितुर्वरेण्यम्‘
🔸 ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे‘
धार्मिक विश्वास अनुसार नियमित रूपमा यस्तो पूजा गर्दा मानसिक शान्ति, सामाजिक सम्मान र आत्मबल प्राप्त हुने जनविश्वास रहिआएको छ।




.gif)





