images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • पाकिस्तानमा भीषण वर्षा, बाढी र पहिरोः...

पाकिस्तानमा भीषण वर्षा, बाढी र पहिरोः ३२४ जनाको मृत्यु

पाकिस्तानमा भीषण वर्षा, बाढी र पहिरोः ३२४ जनाको मृत्यु

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • इस्लामाबाद,पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा हालैको भीषण वर्षा, बाढी र पहिरोका कारण कम्तीमा ३२४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। पछिल्ला ४८ घण्टाभित्र मात्रै यति ठूलो मानवीय क्षति भएको स्थानीय अधिकारीहरूको भनाइ छ।

    images
    images

    अचानकको मूसलधारे वर्षापछि आएको बाढी र पहिरोका कारण दर्जनौँ घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। धेरै मानिस अझै हराइरहेका छन् भने केही च्यापिएका अवस्थामा उद्धारकर्ताले भेटेका छन्। हालसम्म १३७ जना घाइते भएको पुष्टि गरिएको छ।

    स्थानीय प्रशासनका अनुसार मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ, किनभने उद्धार कार्यहरू चुनौतीपूर्ण भइरहेका छन्। बाढीको पानी, कीचड र पहिरोका कारण शव निकालन कठिन भएको जनाइएको छ।

    images
    images

    खैबर पख्तुनख्वा प्रान्त यो विपत्तिबाट सबैभन्दा बढी प्रभावित भएको छ। मौसम पूर्वानुमान विभागले अझै केही दिनसम्म भारी वर्षा जारी रहने चेतावनी दिएकाले जोखिम अझै टरिसकेको छैन।

    यसअघि पनि पाकिस्तानमा बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति हुँदै आएको छ। जलवायु परिवर्तनका कारण यस्ता प्राकृतिक विपत्तिको तीव्रता र आवृत्तिमा वृद्धि हुँदै गएको विज्ञहरू बताउँछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend