images

२०८३ आश्विन १८ गते

images
images
images

सेन्सर पास भयो ‘माग्ने राजा’‚ सबैले हेर्न पाउने

सेन्सर पास भयो ‘माग्ने राजा’‚ सबैले हेर्न पाउने

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं। आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ ले चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट यूनिभर्सल सर्टिफिकेट पाएको छ ।ऋषि लामिछानेको निर्देशनमा तयार भएको यो फिल्म अब सबै उमेरका दर्शकले हेर्न पाउने छन् । फिल्म हेरेपछि सेन्सर बोर्डका कर्मचारीहरुले फिल्मका बारेमा उत्साहजनक प्रतिक्रिया दिएको निर्देशक ऋषि लामिछानेले बताएका छन् । बोर्डका कर्मचारीबाट लामो समयपछि एउटा उत्कृष्ट फिल्म हेर्न पाएको प्रतिक्रिया पाएपछि फिल्मको निर्माण पक्ष उत्साहित भएको छ । उनीहरु फिल्मको क्लाइमेक्सबाट सरप्राज भएका थिए ।

    images
    images

    मुनाल घिमिरेद्वारा निर्मित यो फिल्ममा माग्ने बुढा अर्थात केदार प्रसाद घिमिरे केन्द्रित भूमिकामा छन् । उनीसंगै यो फिल्ममा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देलसहितका कलाकारहरुले अभिनय गरेका छन् ।फिल्मको टीजर, ट्रेलर तथा गीत–संगीतले दर्शकको मन जितिसकेको अवस्थामा प्रदर्शनमा आउन लागेको यो फिल्मले व्यवसायिक सफलता हासिल गर्ने अनुमान गरिएको छ ।कमेडी जनरामा निर्माण भएको यो फिल्मले दर्शकलाई शक्तिशाली सन्देशसमेत दिने फिल्मका लेखक सामिप्यराज तिमिल्सिनाको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend