images

२०८३ आश्विन २० गते

images
images
images

प्याजको भाउ बढ्यो, कति पुग्यो किलोको?

प्याजको भाउ बढ्यो, कति पुग्यो किलोको?

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • बजारमा सुकेको प्याजको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।प्याजको मूल्य बुधबारबाट बढ्न थालेको हो। बुधबार प्रतिकिलो थोक मूल्य ३७ देखि ३९ रूपैयाँमा बिक्री भइरहेको प्याज बिहीबार प्रतिकिलो ४० देखि ४४ रूपैयाँ पुगेको थियाे। शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको छ। 

    images
    images

    एक साताअघि भने कालिमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ३६ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको थियो। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ।व्यवसायीहरूका अनुसार प्याजको भाउमा अन्य तरकारीको जस्तो धेरै अन्तरको घटबढ हुँदैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend