images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा पौने...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा पौने ७ अर्ब

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा पौने ७ अर्ब

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ६४ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६ अर्ब ७५ करोड रुपैयाँ छ ।अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ४ अर्ब १० करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी घटे पनि नोक्सानी व्यवस्थापन रकम घटेसँगै नाफामा वृद्धि देखिएको हो । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष १५ अर्ब ११ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १४ अर्ब १२ करोड रुपैयाँ छ ।

    images
    images

    त्यस्तै इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्ष ५ अर्ब ११ करोड छुट्याएकोमा गत आर्थिक वर्ष ५७ करोड छुट्याइएको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८० पैसा छ । बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख रुपैयाँ छ ।प्रतिसेयर वितरणयोग्य नाफा १ रुपैयाँ ४४ पैसा हो । तसर्थ यो बैंकले पनि चालु आर्थिक वर्ष लगानीकर्तालाई सम्भवत लाभांश दिँदैन । कुल कर्जामा निष्क्रिय कर्जा बढेको छ । कर्जा अघिल्लो आर्थिक वर्षमा ४.९१ प्रतिशत रहेकोमा अहिले ५.८५ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ रहेको यसको अन्तिम सेयर मूल्य २१६.१५ रुपैयाँ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend