images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज, प्रधानमन्त्री...

सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज, प्रधानमन्त्री ओलीले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस गर्ने

सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज, प्रधानमन्त्री ओलीले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस गर्ने

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौँ, ३० साउन–सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बिहान ११ः४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०।८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची तय गरिएको छ।

    images
    images

    त्यसैगरी, राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरू सँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ टेबुल गर्ने सम्भावना रहेको छ।

    आजै पाँच वटा संसदीय समितिहरूको बैठक पनि बस्नेछन्।

    images
    images

    अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयबाट तुलनात्मक विश्लेषणसहित प्रस्तुतीकरण हुने र त्यसपछि छलफल हुने कार्यक्रम तय गरिएको छ।

    उद्योग, वाणिज्य तथा श्रम समितिले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषय विज्ञबाट प्रस्तुति प्राप्त गरी छलफल गर्नेछ।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको तयारीबारे समीक्षा गर्नेछ।

    सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धी उजुरी माथि छलफल गरिनेछ भने,

    विधायन व्यवस्थापन समितिले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend