images

२०८३ आश्विन १८ गते

images
images
images

गणेश उप्रेतीको तीज गीत ‘ए साथी सँगी हो’ सार्वजनिक

गणेश उप्रेतीको तीज गीत ‘ए साथी सँगी हो’ सार्वजनिक

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । तीज नजिकिँदै गर्दा गीतकार गणेश उप्रेतीको तीज विशेष गीत ‘ए साथी सँगी हो’ सार्वजनिक भएको छ ।गीतको लिरिकल भिडियो सामाग्री गणेश उप्रेती (एरीना इन्टरटेन्टमेन्ट) यूटुब च्यानलमार्फत आज सार्वजनिक भएको हो ।रातो सारी लगाएर माइती घरको आँगनीमा नाच्ने, दिदीबहिनीसँग भेटघाट गर्ने, दर खाने र भगवान शिवको आराधना गर्ने परम्परा हो, हिन्दू नेपाली महिलाहरुको विशेष पर्व रहेको तीजकै गतिविधिलाई केन्द्रित गरिएको छ ।

    images
    images

    करुणा कंडेलको निर्माण रहेको यस गीतमा शब्द गीतकार गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन् ।रेडियो नेपालको स्टुडियोमा रेकोर्डिङ गरिएको यस गीतमा नेपाली मौलिकता र आधुनिकताको सन्तुलन पाईन्छ त्यसैले पनि सबै श्रोता तथा दर्शकको मन जित्ने विश्वास गीतकार उप्रेतीको रहेको छ ।एक दशक देखी गीत संगीतमा क्रियाशिल रहेका गणेश उप्रेतीको ’तिम्रो दिलको’, ’लगन जुरेर’, ’लाइदेउ माया’, ’नजर को गुलेली’, “जाले रुमाल’, ’दिल यहाँ’जस्ता दर्जन बढी चर्चित गीतहरु यस अघी नै सार्वजनिक भैसकेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend