images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • माथिल्लो तामाकोशीले जलाशय सफा गर्दै, नदी...

माथिल्लो तामाकोशीले जलाशय सफा गर्दै, नदी किनारमा उच्च सतर्कता

माथिल्लो तामाकोशीले जलाशय सफा गर्दै, नदी किनारमा उच्च सतर्कता

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना, माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले  साउन ३१ गते शनिबार आफ्नो जलाशय सफा  गर्ने भएको छ। आयोजनाले आज  एक सार्वजनिक सूचना जारी गर्दै जलाशय सफाइका कारण नदीको बहावमा अस्वाभाविक उतारचढाव आउने भएकाले तामाकोशी नदी किनारमा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।दोलखाको विगु गाउँपालिका वडा नं.१ मा अवस्थित ४५६ मेगावाट क्षमताको यस आयोजनाले श्रावण ३१ गते शनिबार बिहान ५ः०० बजेदेखि राति ८ः०० बजेसम्म जलाशय सफा गर्ने कार्यक्रम तय गरेको हो । 

    images
    images

    सूचनाअनुसार, उक्त अवधिमा तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रदेखि सुनकोशी नदीको दोभानसम्म पानीको सतह घटबढ भइरहनेछ । यसबाट प्रभावित हुन सक्ने क्षेत्रहरूमा लामाबगर, छतछत, गोंगर, जगत, टुनीटार, जामुने, भोर्लें, सिंगटी, नयाँ पुल, किर्नेटार र खिम्तीसम्मका नदी तट पर्दछन् ।आयोजनाले सम्भावित दुर्घटनाबाट बच्नका लागि सो समयमा नदीमा माछा मार्ने  नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने तथा गाडी तार्ने जस्ता कुनै पनि जोखिमपूर्ण कार्य नगर्न र नगराउन सर्वसाधारणमा अनुरोध गरेको छ।साथै, नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार वा अन्य धार्मिक संस्कारका कार्यहरू पनि अत्यन्त सतर्कतापूर्वक र सावधानीका साथ गर्न आयोजनाले आग्रह गरेको छ ।

    527778372_1985053335598272_4071530617983241966_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend