images

२०८३ आश्विन १८ गते

images
images
images

आर्यन सिग्देलकी भाञ्जी आर्हीको सांगीतिक डेब्यू, ल्याइन् अंग्रेजी भाषामा ‘टक्सिक ट्रुथ’

आर्यन सिग्देलकी भाञ्जी आर्हीको सांगीतिक डेब्यू, ल्याइन् अंग्रेजी भाषामा ‘टक्सिक ट्रुथ’

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौँ । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अंग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन् ।अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले यो गीतमार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका छन् भने सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन् ।गीतमा डार्क पप, हिपहप र नेपाली/एसियाली सङ्गीतको प्रभाव समेटिएको गायिका आर्हीले बताइन् ।

    images
    images

    ‘टक्सिक ट्रुथ विभिन्न भावनाको मिश्रण हो । यो गीत मैले त्यतिबेला लेखेँ, जब म एकैचोटि धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ । गीतमा स्वाभाविक रूपमा यी भावनाहरूलाई प्रतिनिधित्व गर्ने तत्वहरू समावेश छन् । यसले विषाक्त सम्बन्धको कथा भन्छ, जहाँ कसैलाई देखाइने भावनाहरू सधैँ साँचो हुँदैनन्, किनभने त्यहाँ गहिरो र विषाक्त सत्य लुकेको हुन सक्छ’, उनले भनिन् ।बाल्यकालदेखि नै गीतसङ्गीतप्रति लगाव रहेको बताउँदै आर्हीले गायनमा रुचि बढेको स्मरण गरिन् । उनले भनिन्, ‘बाल्यकालमा गीत गुनगुनाउँदा गायनलाई निरन्तरता दिन सुझाव प्राप्त भएको थियो । मेरो जीवनको हरेक अवस्थामा एउटा गीतले साथ दिएको छ । गीतसङ्गीतको यही पक्षले मलाई यो पेशामा अगाडि बढ्न प्रेरित गरेको छ ।’

    ‘टक्सिक ट्रुथ’ मार्फत साङ्गीतिक यात्रा सुरु गरेकी आर्हीले सङ्गीत र कलाप्रति आफ्नो लगाव कहिल्यै कम नहुने बताइन् ।भिडियोमा आर्ही स्वयम् फिचर्ड छिन् । भिएफएक्सको भरपूर प्रयोग गरिएको यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका छन् । एक दशकअघि भिडियो निर्देशनमा सक्रिय दीपेन्द्र पछिल्लो समय डकुमेन्ट्री निर्देशनमा व्यस्त छन् । निर्देशक केसीले भिडियोमा इन्स्टलेशन आर्टको प्रयोग गरिएको बताए ।भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाले गरेका छन् भने छायाङ्कन विनोद श्रेष्ठले गरेका हुन् । भिडिओलाई आर्हीकै युट्युबबाट सार्वजनिक गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend