images

२०८३ आश्विन १८ गते

images
images
images

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक (भिडियो)

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक (भिडियो)

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो । तिम्रै छोरो राम्रो म त नराम्रो भन्दै व्यंग्य गर्दै सुरु हुने गीतमा छोरीमाथि हुने विभेदको कथा छ । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । घरका सम्पूर्ण काम महिलाले गर्नैपर्ने पितृसत्तात्मक सोचको खिलाफमा रहेको गीतले छोरीलाई अझै पनि दोस्रो दर्जामा राख्ने गरिएको विषय उल्लेख छ । 

    images
    images

    बच्चै हुँदादेखि बुहारीको भूमिका निर्वाह गर्दाको सकस र पीडाबारे मनोवैज्ञानिक रूपमा तयार पारिने गरेको यथार्थ गीतमा समावेश छ । महिलालाई चुलोचौकामै सीमित गर्ने सोच रहेको समाजले हरेक दोषको भागिदार बुहारी हुनुपर्ने अवस्था रहेको यथार्थ गीतमा समावेश छ । गीतले जन्मघरबाटै सुरु हुने विभेद श्रीमानको घरसम्म भोग्नुपर्ने बताएको छ । घरमा भोग्ने दुःखबाट जिन्दगी बाँचे अर्को वर्ष भेट होला भन्ने अपेक्षा गीतमा छ । भिडियोमा ललिता पौडेलको अभिनय छ । सम्भु चालिसेको सिनेमेटोग्राफी रहेको भिडियो सम्पादन प्रवीण भट्टले गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियो निर्देशन सुन्दरमणि अधिकारीले गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend