images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत आयोजना...

डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत आयोजना निर्माण ठेक्का सम्झौता टुंगियो

डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत आयोजना निर्माण ठेक्का सम्झौता टुंगियो

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौँः लामो समयदेखि विवाद र प्रक्रियागत अड्चनमा अड्किएको डोल्पाको १०६ मेगावाट क्षमताको जगदुल्ला आंशिक जलाशययुक्त जलविद्युत आयोजना निर्माण ठेक्का अन्ततः सम्झौता भएको छ।

    images
    images

    आयोजनाका प्रवर्द्धक ‘जगदुल्ला हाइड्रोपावर कम्पनी’ र ठेक्का प्राप्त संयुक्त कम्पनी ‘जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड’ तथा ‘एनके कन्स्ट्रक्सन कम्पनी प्रालि’ को संयुक्त टोली जेसीई–एनकेजेई जेभीबीच सोमबार औपचारिक सम्झौता भएको हो। सम्झौताअनुसार आगामी ६० दिनभित्र निर्माण कार्य सुरु गरिनेछ।

    ठेक्का प्रक्रियामा सहभागी चार कम्पनीमध्ये प्राविधिक मूल्यांकनपछि जेसीई–एनकेजेई जेभी र सिनो हाइड्रो कर्पोरेसन लिमिटेड मात्र छनोटमा परेका थिए। आर्थिक प्रस्तावमा जेसीई–एनकेजेई जेभीले १३ अर्ब ७३ करोड रुपैयाँ (भ्याटसहित) मा सबैभन्दा कम दरको प्रस्ताव पेश गरेपछि ठेक्का पाएको हो।

    images
    images

    यो आयोजनाको ठेक्का २०८१ जेठ २० गते पहिलो पटक आह्वान भए पनि प्राविधिक कारणले प्रक्रिया रद्द भएको थियो। दोस्रो पटक प्रक्रिया सुरु हुँदा चार कम्पनी सहभागी भए, तर दुई मात्र प्राविधिक रूपमा योग्य भएका थिए।

    ठेक्का प्रक्रिया केही समयका लागि रोकिन पुगेको थियो जब जेसीई–एनकेजेई जेभीमाथि फर्जी कागजात पेश गरेको आरोप लागेर प्रतिनिधि सभाको लेखा समितिमा उजुरी दर्ता भएको थियो। तर, अदालतमा मुद्दा चलिरहेको र कानुनी बाटो खुलेपछि सम्झौता प्रक्रिया अन्ततः टुंगिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend