images

२०८३ आश्विन १६ गते

images
images
images

आज ट्होंटे पर्व, कास्कीका ३ पालिकाले दिए सार्वजनिक बिदा

आज ट्होंटे पर्व, कास्कीका ३ पालिकाले दिए सार्वजनिक बिदा

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • पोखरा । गुरुङ (तमु) समुदायको मौलिक सांस्कृतिक पर्व ‘ट्होंटे’ आज धूमधामले मनाइदैछ । ट्होंटेको अवसरमा कास्कीका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेका हुन् । तीनवटै पालिकाले आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जानकारी दिएका छन् । 

    images
    images

    ट्होंटे गुरुङ समुदायले प्राकृतिक प्रकोप, महामारी र अनिष्टबाट गाउँ बस्तीलाई बचाउनका लागि मनाउने गर्छन् । हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार ट्होंटे मनाउने चलन छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend