images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • टर्कीमा ६.१ रेक्टरको भूकम्प, दर्जनौँ भवन...

टर्कीमा ६.१ रेक्टरको भूकम्प, दर्जनौँ भवन भत्किए

टर्कीमा ६.१ रेक्टरको भूकम्प, दर्जनौँ भवन भत्किए

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौँः टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा आइतबार बिहान ६।१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु सिन्डिर्गी सहर नजिकै रहेको बताइएको छ। भूकम्पका कारण दर्जनौँ भवन भत्किएका छन् भने कम्तीमा दुई जना मानिस भग्नावशेषमा फसेका छन्।

    images
    images

    झट्काहरू करिब २०० किलोमिटर टाढा सम्म, एक करोड ६० लाख जनसंख्या भएको इस्तानबुल सहरमा समेत महसुस गरिएको थियो। भूकम्पले नजिकैको गोल्चुक गाउँमा केही घरहरू र मस्जिदको मिनार समेत भत्किएको छ।

    टर्कीका स्वास्थ्य मन्त्रीका अनुसार चार जना घाइतेको उपचार भइरहेको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको छ। उद्धारकर्मीहरू भग्नावशेषमा फसेका व्यक्तिहरूको उद्धारमा खटिएका छन्।

    images
    images

    टर्कीको विपद् व्यवस्थापन निकायले ४.६ रेक्टर स्केलसम्मका परकम्प आउन सक्ने भन्दै सर्वसाधारणलाई क्षतिग्रस्त भवनमा नजान आग्रह गरेको छ।

    राष्ट्रपति रेचेप तैयप एर्दोगानले घटना प्रति गहिरो दुःख व्यक्त गर्दै पीडित प्रति सहानुभूति जनाएका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend