images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • तनहुँको माझिलाङमा कोदो खेतीलाई प्रोत्साहन, पकेट...

तनहुँको माझिलाङमा कोदो खेतीलाई प्रोत्साहन, पकेट क्षेत्रका रूपमा विकास गरिँदै

तनहुँको माझिलाङमा कोदो खेतीलाई प्रोत्साहन, पकेट क्षेत्रका रूपमा विकास गरिँदै

images
images
शनिवार, श्रावण २४ २०८२
शनिवार, श्रावण २४ २०८२
  • काठमाडौँः तनहुँ, म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदो खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न थालिएको छ। गाउँपालिकाले कृषकलाई कोदो खेतीमा आकर्षित गर्न विभिन्न नीति र कार्यक्रमहरू अगाडि सारेको छ।

    images
    images

    वडाध्यक्ष बसन्तकुमार श्रेष्ठका अनुसार माझिलाङमा दुई रोपनी जग्गामा आठ प्रजातिका रैथाने कोदोको बीउ रोपिएको छ। यसअघि कृषकहरू व्यक्तिगत रूपमा कोदो खेती गर्दै आए पनि यसपटक देखि सामूहिक खेतीको सुरुवात गरिएको हो।

    “पहिला पनि यहाँ मकै र कोदो खेती हुन्थ्यो, तर अहिले कृषकलाई सङ्गठित रूपमा कोदो खेतीमा आकर्षित गर्न खोजेका हौँ,” श्रेष्ठले भने। उनका अनुसार माझिलाङ र हर्षपुर क्षेत्र कोदो उत्पादनका लागि उपयुक्त मानिन्छ, जहाँ अन्य वडाको तुलनामा उत्पादन राम्रो हुने गरेको छ।

    images
    images

    गाउँपालिकाले कृषकलाई आवश्यक उपकरण समेत प्रदान गरेको छ। बजारमा कोदोको माग बढ्दै गएका कारण कृषकहरूमा यसको खेतीप्रति आकर्षण बढेको छ। श्रेष्ठ भन्छन्, “पहिला लुकेर खाने बाली मानिन्थ्यो कोदो, तर अहिले हुने खानेले पनि यसको प्रयोग गर्न थालेका छन्।”

    माझिलाङ कृषक समूहकी अध्यक्ष श्याममाया नाम्जालीले दुई रोपनी जग्गा भाडामा लिएर सामूहिक रूपमा कोदो खेती गरिएको जानकारी दिइन्। उनका अनुसार विगतमा कृषकहरूले छुट्टाछुट्टै रूपमा खेती गर्दै आएका थिए।

    म्याग्दे गाउँपालिकाले कोदो खेतीलाई प्राथमिकतामा राख्दै अन्य वडामा पनि विस्तार गर्ने योजना बनाएको छ। कम लागतमा उत्पादन गर्न सकिने र भण्डारणमा कम क्षति हुने भएकाले कोदो खेती कृषकका लागि लाभदायक हुने जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend