images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रवृत्ति...

प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रवृत्ति प्रदान गर्ने

प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रवृत्ति प्रदान गर्ने

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • भक्तपुर । नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको प्रस्तावका आधारमा खरिपाटीस्थित नेपाली सेना इएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायणवासीलाई छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको हो । 

    images
    images

    चाँगुनारायण नगरपालिका कार्यालयमा नगरपालिका र महाविद्यालयबिच चार जनालाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा सातबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा नगरपालिकाको तर्फबाट प्रमुख खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा महाविद्यालयको तर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डङ्गोलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको नगर कार्यालयले जनाएको छ । 

    हस्ताक्षरपछि आजै नगरप्रमुखले दुवैपक्षबीच भएको सहमतिअनुसार चाँगुनारायण नगरपालिकाबाट डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रमका लागि छनोट हुने प्रत्येक विषयमा एक÷एक जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने गरी पूर्ण छात्रवृत्ति प्रदान गरिने सहमति भएको बताए । महाविद्यालयले दुवै विषयका लागि चाँगुनारायण नगरपालिकालाई थप कोटा उपलब्ध गराउने सहमति भएको जानकारी दिँदै उनले थप कोटामा अरू स्थानीयलाई यसै वर्षदेखि अध्यापन गराइने जानकारी दिए । महाविद्यालयले भर्नाका लागि आवेदन खुला गरेको छ । छात्रवृत्तिका लागि नगरपालिका आफैँले सूचना प्रकाशित गरी आवेदन माग गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend