images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • जेठो बूढो धानमा 'ब्लाष्ट' रोग देखिएपछि...

जेठो बूढो धानमा 'ब्लाष्ट' रोग देखिएपछि किसान चिन्तित

जेठो बूढो धानमा 'ब्लाष्ट' रोग देखिएपछि किसान चिन्तित

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • पर्वत।  धान रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बूढो धानमा ब्लाष्ट रोग फैलिएको छ।फलेवास नगरपालिकाका– ४ मुडिकुवा, वडा नम्बर ५ खानीगाउँ, वडा नम्बर ६ देवीस्थानलगायतका वडामा जेठो बूढो धानमा ब्लाष्ट रोग फैलिएको हो। ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ।

    images
    images

    गाँज राख्ने र सप्रिने बेलामा धानबालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन्। धान बालीमा आकस्मिक रुपमा रोग देखिएको फलेबास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिए।

    सयौँ रोपनी खेतमा ब्लाष्ट रोग देखिएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्राविधिकसहितको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ। गत वर्ष गुबो कुहिने र ढुसी किराको प्रकोपले क्षति व्यहोरेका कृषकले यस वर्ष पुनः ब्लाष्ट रोगको सामना गर्नुपरेको छ।हाल फलेबास तीन वटा वडामा बढी मात्रामा सङ्क्रमण देखिएको भए पनि अन्य वडाहरूमा समेत देखिन थालेको सञ्जालका अध्यक्ष भुसालले बताए। उनले कृषि प्राविधिकसँग समन्वय गरेर सो रोगको निदानका लागि पहल भइरहेको बताए। अन्य जातको धानमा भन्दा जेठो बुढोमा बढी सङ्क्रमण देखिएको छ।

    images
    images

    स्थलगत रुपमा पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्राविधिक टोलीले राइस ब्लाष्ट र ‘ट्राइसिक्लाजोल’ नामको विषादी सिफारिस गरेका छन्। कार्यालयका प्राविधिक ललित सुनारले धानबालीमा देखिएको समस्याको निदानका लागि दुईवटा विषादी सिफारिस गरिएको जानकारी दिए। उनले एक ग्राम विषादी एक ग्राम पानीमा घोलेर छर्किएपछि एक सातामै सुधार आउने बताए।

    गत वर्ष पनि यो रोगले सामान्य क्षति भएको थियो। कृषकहरूलाई विषादी निःशुल्क उपलब्ध गराइएको छ। कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीले बर्खे बालीमा आउने समस्या समाधानका लागि स्थानीय तहको कृषि शाखाका साथै ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबीच समन्वय र सहकार्य भइरहेको जानकारी दिइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend