images

२०८३ आश्विन १५ गते

images
images
images
  • कृषि
  • तनहुँमा एक वर्षमा नौ हजारभन्दा बढी...

तनहुँमा एक वर्षमा नौ हजारभन्दा बढी पशुमा कृत्रिम गर्भाधान

तनहुँमा एक वर्षमा नौ हजारभन्दा बढी पशुमा कृत्रिम गर्भाधान

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं, साउन २२ तनहुँ जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा नौ हजार भन्दा बढी पशुमा कृत्रिम गर्भाधान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ। केन्द्रका अनुसार जिल्लाका १० वटा कृत्रिम गर्भाधान केन्द्र मार्फत ९ हजार ५५२ पशुमा कृत्रिम गर्भाधान गरिएको हो।

    images
    images

    पछिल्ला वर्षहरूमा कृषकहरू कृत्रिम गर्भाधानप्रति आकर्षित हुँदै गएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ११३ र २०७९/८० मा ७ हजार ९१६ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो।

    अधिकारीका अनुसार दुधालु गाईको नस्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानलाई प्राथमिकता दिँदै आएको छ। यस प्रविधिबाट उत्पादनशीलता बढ्ने, भाले जनावर पाल्न नपर्ने, हाडनाता प्रजननबाट हुने हानि टार्न सकिने र विभिन्न रोगबाट बचाउन सकिने बताइन्छ।

    images
    images

    तीन वर्षभित्रै कृत्रिम गर्भाधान गरिएका पशुले उत्पादन सुरु गर्ने भएकाले दूध तथा दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि हुने र बाहिरी जिल्लाबाट उन्नत पशु आयात गर्नु नपर्ने अधिकारीले उल्लेख गर्नुभयो।

    गाईमा बढी गर्भाधान, बाख्रापालन बढ्दो एक वर्षमा ५ हजार ३७ गाई, ४ हजार ४१७ भैँसी, ७६ बाख्रा र २२ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको छ।

    स्थानीय तह अनुसार गर्भाधान विवरण यसप्रकार छ: भेटेरिनरी अस्पताल केन्द्र: २,०८५, व्यास नगरपालिका: ३४५, भानु नगरपालिका: ६८८, भिमाद नगरपालिका: ६०६, शुक्लागण्डकी नगरपालिका: १,९६१, बन्दीपुर गाउँपालिका: १,२२२, आँबुखैरेनी गाउँपालिका: १,३४९, म्याग्दे गाउँपालिका: ६१९, देवघाट गाउँपालिका: ६६५, ऋषिङ गाउँपालिका: १२, घिरिङ गाउँपालिकामा भने कृत्रिम गर्भाधान केन्द्र छैन।

    तीन हजारभन्दा बढी पशुको उपचार केन्द्रले तनहुँ सहित छिमेकी जिल्लाबाट ल्याइएका ३ हजार ६९० पशुको उपचार गरेको छ। तीमध्ये अधिकांश व्यास नगरपालिकाबाट आएका थिए।

    जिल्लागत उपचार विवरण: व्यास: ३,०९९, म्याग्दे: २४९, ऋषिङ: १३५, बन्दीपुर: ७५, भानु: ६२, भिमाद: ७, शुक्लागण्डकी: ८, देवघाट: ५, आँबुखैरेनी: १, कास्की: १, गोरखा: ४, लमजुङ: ४४

    गाई–भैँसीपालन घट्यो, बाख्रापालन बढ्यो केन्द्रका अनुसार जिल्लामा गाईपालन २,४८२ र भैँसीपालन २,८८३ ले घटेको छ भने बाख्रापालन ४०३ ले बढेको छ। दुग्ध उत्पादन घट्न नदिन नस्ल सुधार, कृत्रिम गर्भाधान र आधुनिक पशुपालनप्रति किसानलाई प्रेरित गरिनुपर्ने केन्द्रको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend