images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • कोटाको मल अभाव भएपछि निजी कम्पनीको...

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • बाँकेमा कोटामा पाउने रासायनिक मलको अभाव भएपछि स्थानीय तहले निजी कम्पनीले उत्पादन गरेको रासायनिक मल ल्याएर बिक्री तथा वितरण गर्न थालेका छन् ।  माटो तथा मल परीक्षण प्रयोगशालाले जाँच गरेर बजारमा ल्याएको मिश्रित रहेको रासायनिक मल गाउँपालिकाका  विभिन्न १५ सहकारीमार्फत किसानले प्राप्त गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्मरबहादुर विकले जानकारी दिनुभयो । उहाँले अनुदानमा आएको कोटाको रासायनिक मलको अभावमा किसानलाई मोरङबाट उत्पादन भएको सुन्दर मल वितरण गरिएको बताउनुभयो । “यसलाई किसानले रुचाउनुभएको छ, त्यसैले यसको माग बढेको छ”, उहाँले भन्नुभयो । 

    images
    images

    अध्यक्ष विकले अहिलेसम्म एक हजार ५०० बोरा रासायनिक मल वितरण भएको जानकारी दिँदै सो मलको अझै माग भइरहेको बताउनुभयो । चौध हजार घरधुरी रहेको उक्त गााउपालिकामा अनुदानको मल ९०० बोरा मात्रै पाएपछि विकल्पका रुपमा सो रासायनिक मलको बिक्री वितरण भएको अध्यक्ष विकको भनाइ छ । उहाँले सो मल अनुदानको मलको तुलनामा महँगो भएको समेत उल्लेख गर्नुभयो । नेपालगञ्जमा पनि सो मल बिक्री वितरणका लागि जिल्ला सहकारी सङ्घ, बाँकेको कार्यालयमा राखिएको छ । रासायनिक मल प्राप्त गर्नका लागि त्यहाँ स्थानीय किसानको भीड लागेको छ । “अनुदानको मल नपाएपछि बाध्य भएर यो रासायनिक मल ल्याएका छाँै”, जिल्ला सहकारी सङ्घ, बाँकेका प्रवन्ध सञ्चालक नवराज उपाध्यायले भन्नुभयो । 

    उहाँले अनुदानमा आउने रासायनिक मलभन्दा निजी कम्पनीले उत्पादन गरेको मल महँगो भएको उल्लेख गर्दै रासायनिक मलमा नाइट्रोजन, फस्फोरस र पोटास मिसाइएको बताउनुभयो । सहकारी सङ्घमा ५०० बोरा मल आएकामा १५० बोरा आज मात्र वितरण भएको जानकारी दिँदै प्रबन्ध सञ्चालक उपाध्यायले नेपालगञ्जबाहेक, जानकी र डुुडुवा गाउँपालिकाबाट समेत मल लिन किसान आएको बताउनुभयो । सो रासायनिक मल रु दुई हजार ५०० प्रतिबोरा पर्छ । कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जले युरिया मल कोटाअनुसार वितरण भएको जनाएको छ । कृषि सामग्री कम्पनी, लि. नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले मागअनुसार मल नआउँदा किसानका माग सम्बोधन नभएको उल्लेख गर्दै खरिद गर्ने बेलामा नै बढी बजेट विनियोजन भए त्यसबाट आपूर्ति सहज हुने बताउनुभयो ।  बाँकेमा मलको अभाव भएपछि थप युरिया मल पठाउनका लागि पहल भइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend