images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • कर्णालीमा ९६ प्रतिशत रोपाइँ सम्पन्न, जुम्ला,...

कर्णालीमा ९६ प्रतिशत रोपाइँ सम्पन्न, जुम्ला, हुम्ला र डोल्पामा शतप्रतिशत

कर्णालीमा ९६ प्रतिशत रोपाइँ सम्पन्न, जुम्ला, हुम्ला र डोल्पामा शतप्रतिशत

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौँः काँक्रेविहार (सुर्खेत), साउन २१, कर्णाली प्रदेशमा यो वर्ष हालसम्म ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार कुल ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिन मध्ये ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ सकिएको हो।

    images
    images

    Holiday inn hotal.jpg

    निर्देशनालयका निमित्त निर्देशक तिलक प्रसाद पाण्डेका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। जुम्लामा २,८९० हेक्टर, हुम्लामा ५८५ हेक्टर र डोल्पामा १९८ हेक्टरमा रोपाइँ गरिएको छ।

    images
    images

    यस्तै, जाजरकोट, सल्यान, मुगु र रुकुम पश्चिममा पनि ९९ प्रतिशत भन्दा बढी रोपाइँ सम्पन्न भएको छ। जाजरकोटमा २,६४५ हेक्टर मध्ये २,६२३ हेक्टरमा रोपाइँ सकिएको छ भने सल्यानमा ६,१३४ हेक्टर मध्ये ६,०७२ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो। मुगु र रुकुम पश्चिममा पनि समान अनुपातमा रोपाइँ भएको छ।

    कालिकोटमा २,४६२ हेक्टर मध्ये ९८ प्रतिशत अर्थात् २,४१२ हेक्टरमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।

    प्रदेशमा सबैभन्दा ठूलो धानखेती क्षेत्र रहेको सुर्खेतमा भने हाल सम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुर्खेतको कुल १४,९२१ हेक्टर मध्ये १४,१७४.९५ हेक्टरमा रोपाइँ भएको छ। यस्तै, दैलेखमा ७,६२० हेक्टर मध्ये ७,०८६.६ हेक्टरमा रोपाइँ सकिएको छ।

    कृषि विकास निर्देशनालयले मनसुनको अनुकूल प्रभाव र किसानको सक्रियताका कारण रोपाइँ कार्य सन्तोषजनक भएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend