images

२०८३ आश्विन १७ गते

images
images
images

बूढानीलकण्ठको ‘होलिडे इन रिसोर्ट’ ले एक वर्षमै साढे १३ करोडको व्यापार, नाफा भने नकारात्मक

बूढानीलकण्ठको ‘होलिडे इन रिसोर्ट’ ले एक वर्षमै साढे १३ करोडको व्यापार, नाफा भने नकारात्मक

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौं, ऊर्जामन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद दीपक खड्काको लगानीमा निर्माण भएको पाँचतारे होटल ‘होलिडे इन रिसोर्ट बूढानीलकण्ठ’ ले सञ्चालनको पहिलो वर्षमै साढे १३ करोड रुपैयाँको व्यापार गरेको छ।

    images
    images

    बूढानीलकण्ठ–१, मुहानपोखरीमा अवस्थित होटलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले २०८१ असोज २३ गते संयुक्त रूपमा गरेका थिए। सन् २०२४ को जुलाई देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको होटलले आर्थिक वर्ष २०८०।८१ मा १३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो।

    यद्यपि उच्च कारोबार गरे पनि होटल नाफामा जान सकेको छैन। कम्पनीको वित्तीय विवरण अनुसार हालसम्म होटल नाफामा जान नसकेको र आर्थिक अवस्था नकारात्मक रहेको छ।

    images
    images

    सन् २०१० मा ‘होटल फरेष्ट इन’ को नाममा दर्ता भएको कम्पनीले अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड ‘होलिडे इन रिसोर्ट बूढानीलकण्ठ’ नाममा पाँचतारे होटल सञ्चालन गरेको हो। अमेरिकन होटल चेन इन्टरकन्टिनेन्टल होटल ग्रुप (IHG) सँगको सम्झौता अनुसार यो रिसोर्ट सञ्चालनमा आएको हो, जसले विश्वका १०० भन्दा बढी देशमा सेवा विस्तार गरिरहेको छ।

    करिब १.२४ हेक्टर (२० रोपनी) क्षेत्रफलमा फैलिएको रिसोर्टमा १०४ वटा कोठा छन्। करिब ३ अर्ब ५७ करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको होटलमा स्वीमिङ पुल, स्पा, कन्फरेन्स हल, ब्याङ्क्वेट, फाइन डाइनिङ लगायतका सुविधा उपलब्ध छन्।

    कम्पनीले २ अर्ब १६ करोड २१ लाख रुपैयाँ बराबरको दीर्घकालीन र अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जा २ अर्ब ११ करोड २० लाख र अल्पकालीन कर्जा ५ करोड रुपैयाँ रहेको छ।

    होटलको औसत अकुपेन्सी (कोठा भरेको दर) गत आर्थिक वर्षमा २६ प्रतिशत मात्र रहेको छ। हाल होटलमा विनिता थापा खड्काको ३२ प्रतिशत स्वामित्व रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend