images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • भारतको उत्तराखण्डमा बाढी–पहिरोले ठुलो क्षति, कैयौँ...

भारतको उत्तराखण्डमा बाढी–पहिरोले ठुलो क्षति, कैयौँ मानिस बेपत्ता

भारतको उत्तराखण्डमा बाढी–पहिरोले ठुलो क्षति, कैयौँ मानिस बेपत्ता

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलबार बाढी–पहिरोले ठुलो क्षति निम्त्याएको छ । खीर गंगामा जलस्तर बढेपछि धराली भन्ने ठाउँमा ठुलो क्षति भएको हो ।उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    images
    images

    बाढी तथा पहिरोले कैयौँ होटल तथा होमस्टेमा समेत क्षति पुगेको छ । बाढी–पहिरोका कारण कैयौँ नागरिक सम्पर्कविहीन रहेको स्थानीयवासीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।मंगलबार स्थानीय समयअनुसार दिउँसो २ बजे धरालीमा बाढी आएको हो । सो क्षेत्रका ६० देखि ७० जना सम्पर्कमा नरहेको भारतीय न्यूज च्यानल ‘आज तक’को अनलाइन संस्करणले जनाएको छ ।

    बाढीले होटल, बजार र आवासीय घरसमेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेत्रमा अहिले उद्धार कार्य सुरु गरिएको छ । क्षतिको विवरण आउन केही समय लाग्ने अधिकारीहरूले जनाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend