images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • तनहुँको भीमादमा व्यावसायिक अकबरे खुर्सानी खेती,...

तनहुँको भीमादमा व्यावसायिक अकबरे खुर्सानी खेती, १०० रोपनीमा उत्पादन सुरु

तनहुँको भीमादमा व्यावसायिक अकबरे खुर्सानी खेती, १०० रोपनीमा उत्पादन सुरु

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौँः तनहुँ, भीमाद मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत भीमाद नगरपालिका–९ मा व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरिएको छ। यहाँका आठवटा टोल विकास संस्था मार्फत करिब १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती भइरहेको छ।

    images
    images

    नेकपा (एमाले) भीमादका अध्यक्ष तथा कृषक इमान बहादुर थापाका अनुसार, हाल सम्म २,५०० किलो खुर्सानी बिक्री भइसकेको छ। थोक बजारमा प्रतिकिलो रु ५०० सम्म मूल्य पाइरहेको र विभिन्न स्थानबाट दुई–तीन क्विन्टल माग आइरहेको उनले जानकारी दिए।

    “सुरुमा परीक्षणका रूपमा सुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसानहरू उत्साहित भएका छन्,” उनले भने।

    images
    images

    भीमाद नगरपालिकाले बीउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ। किसानहरूले माटो परीक्षण, सिँचाइ पाइप र मलको थप व्यवस्थापन भए खेती झनै प्रभावकारी हुने बताउँदै आएका छन्।

    भानुमती नमूना कृषि गाउँका अध्यक्ष रण बहादुर गुरुङका अनुसार, उत्पादन भएको खुर्सानी पोखरा, काठमाडौँ, चितवनजस्ता सहरमा पठाइएको छ र माग पनि बढ्दो छ।

    पूर्वमन्त्री किरण गुरुङले अकबरे खुर्सानीखेतीबाट किसानहरूमा देखिएको उत्साहलाई सकारात्मक संकेतका रूपमा लिँदै स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे। नगरप्रमुख दधिराज सुवेदीले यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने योजना रहेको बताए।

    “स्थानीयस्तरमै रोजगारी सिर्जना र किसानलाई आर्थिक रूपमा सशक्त बनाउनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुनेछन्,” उनले भने।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend