images

२०८३ आश्विन १६ गते

images
images
images

गुल्मीमा पहिरोले स्वास्थ्य चौकीमा क्षति

गुल्मीमा पहिरोले स्वास्थ्य चौकीमा क्षति

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • तम्घास  । गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबुरङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार आइतबार राति पहिरोले स्वास्थ्यचौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ । 

    images
    images

    स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा पहिरो हटाउने काम भइरहेको र सुत्केरीका लागि स्वास्थ्यचौकीमै व्यवस्थापन गर्ने व्यवस्था गरिएको  वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए । त्यसैगरी वर्षाको कारण चन्द्रकोट गाउँपालिका–८ मा चार जनाको परिवार जोखिममा परेको छ । मजुवाका अमरबहादुर कुमालको ढुङ्गा माटोले बनेको दुईतले कच्ची घर जोखिममा परेपछि उहाँहरु छिमेकीको घरमा बस्दै आउनुभएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend