भोजपुरका कृषक व्यावसायिक जडीबुटी खेतीका जुटेका छन् । जडीबुटी खेतीबाट राम्रो आम्दानी लिने लक्ष्यले यहाँका लेकाली भेगका किसान सतुवा, चिराइतो, टिमुर,लोडसल्लालगायत विभिन्न खाले बुहमुल्य जडीबुटीको व्यावसायिक खेतीमा जुटेका हुन् । आफ्नै गाउँ ठाउँमा व्यावसायिक जडीबुटी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानको भनाइ छ ।
जिल्लाको माथिल्लो भेग तिम्मा, किमालुङ, हेलौछा, मझौले, सुन्तले लगायतका ठाउँमा सतुवा, चिराइतो, सतुवा, लोड सल्ला, लगायतका जडीबुटीको खेतीको राम्रो सम्भावना रहेको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ । माथिल्लो भेगमा जडीबुटीको प्रशस्त सम्भावना रहेकोले यस क्षेत्रका किसानहरूलाई लक्षित गरेर विभिन्न खालका प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिरहेको कार्यालयको भनाइ छ ।
विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिएको कार्यालयको भनाइ छ । जडीबुटी खेतीमा सरकारले ल्याएकोको प्रोत्साहन मूलक कार्यक्रमले खेती विस्तार गर्न थप टेवा पुगेको स्थानीय कृषकको भनाइ छ ।




.gif)





