images

२०८३ आश्विन १९ गते

images
images
images

एपोनको निर्वाचन भोलि, यस्तो छ कार्यतालिका

एपोनको निर्वाचन भोलि, यस्तो छ कार्यतालिका

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौं।  नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिका अनुसार एपोनमा नयाँ कार्यसमिति चयनको निर्वाचन भोलि सोमबार हुँदै छ।निर्वाचनका समितिका संयोजक प्रज्वलजंग पाण्डेद्वारा हस्ताक्षरित कार्यतालिका अनुसार भोलि दिउसो १ देखि ३ बजेसम्म मतदान हुने छ। यसपटक कार्यसमितिमा  १३ पदमा मतदान हुनेछ।

    images
    images

    निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावली प्रकाशनका लागि आज १० बजेको समय तोकिएको थियो भने मतदाता नामावली माथि दाबी विरोधका लागि साढे १२ बजेसम्मको समय तोकिएको छ।अन्तिम मतदाता नामावली प्रकाशन आजै १ बजेका लागि तोकिएको छ भने उम्मेदवारको मनोनयन दर्ताका लागि साढे १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ।उम्मेदवारको नामावली प्रकाशन आज साढे ४ बजे हुनेछ भने उम्मेदवारको उम्मेदवारीमाथि दाबी विरोधका लागि भोलि सोमबार ९ बजेसम्मको समय दिइएको छ। उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा सोमबार ११ बजेसम्म फिर्ता लिन सक्ने छन्।

    उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि साढे ११ बजे हुनेछ भने मतदानका लागि १ देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ।मतदान सकिए लगत्तै मतगणना हुने गरि निर्वाचन समितिले तयारी गरेको छ। निर्वाचन कमिटीमा पुर्व अध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवत्ता रमेश प्रसाद धिताल सदस्य छन्।

    images
    images

    apon karyatalika.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend