images

२०८३ आश्विन २० गते

images
images
images

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • म्याग्दी।  म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन्।ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा छन्।म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुन पनि फार्ममा फलेको अकबर खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा बजारमा भौँतारिरहेका छन्।

    images
    images

    शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबर खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ। बनौँ, शिवाङ र बेनी नगरपालिका–३ भकिम्लीमा अकबर खुर्सानीको व्यावसायिक खेती भएको छ।‘गत वर्ष परीक्षणका लागि लगाएको ९० वटा बिरुवाको अकबर बेचेर ३० हजार आम्दानी भएपछि यसपाली छ रोपनीमा १२ हजार बिरुवा लगाएको छु’, उनले भने, ‘स्थानीय बजार सानो छ । खपत थोरै हुन्छ। धेरै खपत हुने ठुला सहरका व्यापारी र अचार उद्योग सञ्चालकसँग सम्पर्क नहुँदा समस्या भएको छ।’यस क्षेत्रमा यसअघि व्यावसायिक अकबरे खुर्सानीखेती भएका थिएन। घरायसी उपभोगका लागि मात्र अकबर खुर्सानीखेती गरेका थिए।

    बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वी पहाडी जिल्लाबाट अकबर खुर्सानी आयात हुने गर्छ। आयातित खुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ।स्थानीय किसानहरूले रासायनिक मल र विषादीको विकल्पमा जैविक विधिबाट खुर्सानीखेती गरेका छन्। रोग र किराबाट बचाउन खिर्राको पात, तितेपाती, गाईभैँसीको गहुँतको प्रयोगका साथै झार उम्रिन नदिन ‘मल्चिङ’ प्रविधि प्रयोग गरेका छन्।खुर्सानीको बोटभन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन प्लास्टिकले छोपेर मल्चिङ गरिएको हो। प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतात्व पाएर उत्पादन राम्रो हुने किसान ओमराजले बताए।

    images
    images

    स्थानीय बजारमा अकबर खुर्सानीको मूल्य प्रतिकिलो २५० देखि ३०० छ। दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबर खुर्सानीखेती गर्न सकिन्छ। तरकारी, दाल, अचारमा ताजा खुर्सानीको प्रयोग हुन्छ।जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले अकबर खुर्सानीको बजारीकरणका लागि स्थानीय व्यापारीका साथै पोखरा, काठमाडौँका बजार र अचार उद्योगीलाई कृषकको सम्पर्कमा ल्याउन पहल गरिरहेको बताए।खुर्सानीखेतीका लागि मल्चिङ, खनजोत गर्ने उपकरण र रोगकिरा नियन्त्रणका लागि परामर्शका साथै प्राविधिक सहयोग गरेको उनले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend