images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी...

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • केही दशक अघिसम्म ढिकी जाँतो ग्रामीण वस्तीहरूमा दुःख तथा कडा परिश्रमका प्रतिक थिए । जतिबेला हामीले दैनिक उपभोग गर्ने खाद्यन्न तयार पार्नका लागि आधुनिक मेसिन तथा औजार र तिनलाई सञ्चालन गर्न चाहिने इन्धन एवं बिजुलीको सर्वसुलभ उपलब्धता थिएन ग्रामीण वस्तीका महिलाहरू ढिकी जाँतो गरेर नै खाद्य सामग्री तयार पार्थे । धान, चिउरा कुट्न परम्परागत ढिकी प्रयोग गरिन्थ्यो भने कुनै चिज पिस्नु प¥यो भने हातैले जाँतो घुमाउनु पथ्र्यो । 

    images
    images

    कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । कृषि क्रान्ति मार्फत देशलाई आर्थिक रूपमा आत्मनिर्भर गराउन वा तीव्र आर्थिक विकासको आधार तयार गर्न सकिन्छ । नेपालमा अधिकांश मानिस अर्थोपार्जन तथा जीविकाको लागि कृषिमा निर्भर छन्। कृषिमा वैज्ञानिक उपकरणहरुको न्युन प्रयोग हुनु, स्रोत साधनको अभाव, वैदेशिक रोजगारको प्रभाव तथा उत्पादित उत्पादनको उपयुक्त बजार अभावको कारणले मानिसहरु शहर पसेका छन्, विदेशिएका छन्। कृषिप्रधान देश हुँदाहुँदै पनि हामी कृषिमा आत्मनिर्भर हुन सकेको छैनौ र दैनिक कृषिजन्य बस्तुहरु अर्बौ मा आयात भइरहेको छ । उपलब्ध कृषिजन्य बस्तुहरुमा अत्याधिक किटनासक प्रयोगभई रहेको र त्यसले मानिसको स्वस्थमा गम्भीर प्रभाव पारिरहेको छ । 

    यिनै कुराहरुलाई मध्यनजर गर्दै, यही परम्परागत औजार “ढिकी जाँतो” को नामबाट केही युवाले काठमाडौँमा स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामग्रीलाई संकलन गरेर शहरवासीको भान्सामा पुर्‍याउने काम जोडतोडले गरिरहेका छन् ।  कोभिड–१९ को महामारीमा लकडाउन भएर घरमै बसिरहेका बेला चार्टर एकाउन्टेन्ट कृष्ण प्रसाद शर्मा, आइटी इन्जिनियर अश्विन सापकोटा र उनीहरूका अन्य साथीहरू बीच स्थानीय स्तरमा उत्पादन हुने स्थानीय प्रजातिका खाद्यन्नलाई सिधै उपभोक्तको भान्सासम्म कसरी पुर्‍याउन सकिन्छ भनेर वृहत् छलफल भयो ।“विशेष गरि विभिन्न हिमाली तथा पहाडी क्षेत्रका कृषकहरुको स्थानीय रैथाने उत्पादनलाई उचित मूल्य प्रदान गरी उक्त उत्पादित कृषिजन्य वस्तुहरुलाई शहरी क्षेत्रका उपभोक्तासम्म पुर्याउने हेतुले ढिकी जाँतो –“फार्म फ्रम होम” अवधारणाले मुर्त रुप लियो।

    images
    images

    ‘स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामग्रीहरूलाई संकलन एवं प्रशोधन गरी उपभोक्तहरूको भान्सामा पु¥याउन हामीले छुट्टै प्रणाली स्थापित गरेका छौँ,’ सञ्चालक शर्मा भन्छन्, ‘ढिकी जाँतो वेबसाइट मार्फत उत्पादक र उपभोक्तालाई सिधै जोड्ने प्रणालीको विकास गर्ने योजना गरेका छौँ ।’ स्थानीय उत्पादन भन्ने बित्तिकै प्रायः सबैले अग्रानिक भन्दै बजारीकरण गरिरहेको देखिन्छ । तर, ढिकी जाँतोले स्थानीय उत्पादन भनेर नै बजारीकरण गर्दै आइरहेको छ । ‘अग्रानिक मुखले भनेर मात्र हुने कुरा होइन, उत्पादन प्रक्रियादेखिनै अनुगमन हुनुपर्ने र सर्टिफाई गर्ने प्रक्रिया एवं विधि पनि लामो हुने भएकाले हाम्रो अहिलेको प्राथमिकता रैथाने उत्पादनलाई उपभोक्तामाझ पर्‍याउनु रहेको छ, सञ्चालक शर्मा भन्छन् । जुन भूगोलमा उत्पादन भएको खाद्य सामग्री हो त्यसलाई त्यही भूगोलकै भनेर जेन्यून खाद्य सामग्री उपभोक्ताको भान्सामा पुर्‍याउने गरिएको कम्पनीको दाबी छ । 

    जुम्ला, मुस्ताङ लगायत हिमाली जिल्ला र उच्च पहाडी जिल्लामा उत्पादन हुने खाद्य सामग्री संकलन गरेर ल्याउने त्यसलाई प्रशोधन गरेर जुन जिल्लाको उत्पादन हो त्यो उपभोक्तालाई जानकारी दिएर बिक्री वितरण गर्ने गरिएको छ । जतिबेला बाली भित्र्याउने समय हुन्छ त्यति नै बेला ढिकी जाँतोले स्थानीय किसानहरूबाट खाद्य वस्तुहरूको संकलन गरेर ढिकी जाँतो संकलन केन्द्रमा ल्याउने गरेको छ । यसरी संकलन गरेको खाद्य सामग्री ढिकी जाँतो प्रशोधन केन्द्रमा पुर्‍याइन्छ ।प्रशोधन केन्द्रबाट ढिकी जाँतो प्याकेजिंग केन्द्रमा लगेर प्याकेजिंग गरिसकेपछि सामाजिक सञ्जाल, वेबसाइट, ढिकी जाँतो स्टोरमार्फत उपभोक्तको भान्सासम्म खाद्य सामग्री पु¥याउन व्यवस्था मिलाइएको अर्का सञ्चालक सापकोटा बताउँछन् । ढिकी जाँतोको नर्सरी चोक , ढुंगेधारा, बनस्थली र सामाखुशीबाट टोखा जाने बाटोको टोखा रोड, खरिबोट, काठमाडौंमा स्टोर रहेको छ । अनलाइनबाट अर्डर गर्ने उपभोक्ताहरूलाई ढिकी जाँतोले होमडेलिभरी गर्ने व्यवस्था मिलाएको छ ।

    ढिकी जाँतोले किसानले उत्पादन गरेका खाद्य सामग्री उपभोक्तसम्म पु¥याउने काम मात्र गरिरहेको छैन । युवालाई कृषिमा आकर्षित गराउन, किसानलाई रैथाने बाली लगाउन अभिप्रेरित गर्न तथा किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने काम एकसाथ गरिरहेको छ । ढिकी जाँतोले आफूले बजारीकरण गर्ने कृषिबाली लगाउन किसानलाई प्रोत्साहित गर्दै आइरहेको छ । कम्पनीले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट सहुलियतपूर्ण स्टार्टअप कर्जा पनि प्राप्त गरिसकेको छ । ढिकी जाँतोले चामल, दाल,गेडागुडी,पिठो,च्याख्ला एब परम्परागत खाद्य बस्तुहरु जस्तै गुन्द्रुक, मसेउरा  लगाएत अन्य रैथाने उत्पादनलाई उपभोक्तको भान्सासम्म पुर्‍याउँदै आइरहेको छ ।साथै उत्पादनहरु विभिन्न थकाली तथा अन्य रेस्टुरेन्ट मार्फत उपभोक्तामाझ पुर्याउदै आएको छ ।  ढिकी जाँतो ले विशेष गरि मुस्ताङको स्याउ, आलु, लसुन, कालो सिमि, कर्णालीको सिमि, मकै, जौ, कोदो, मार्सी चामल,चिनो, कागुनो, ओखर, जिम्बु, बेसार आदी, बाग्लुङको भुटेकोमकै,भांगो, पर्बतको जेठो बुढो चामल लगायत विभिन्न रैथाने खाद्य बस्तुहरुको प्रसोधन, पर्बधन र बिक्रि वितरण गरि रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend