जेरुसेलम, इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले गाजामा युद्धविरामको सम्भावना बन्धकहरूको छिटो रिहाइमा निर्भर हुने बताएका छन्। प्यालेस्टिनी पक्ष सँगको वार्ता असफल भएमा गाजामा लडाइँ जारी रहने चेतावनी दिनु भएको हो।
इजरायली सेनाले सार्वजनिक गरेको भिडियोमा जनरल जमीरलाई कमाण्ड सेन्टरमा सैनिक र अधिकारीहरूलाई निर्देशन दिँदै देखाइएको छ। उहाँले गाजाका अधिकारीहरूलाई चेतावनी दिँदै भन्नुभयो, “यदि हामी सहमतिमा पुग्न सकेनौं भने हाम्रो सैन्य कारबाही जारी रहनेछ।”
युद्धको कारण बनेका प्यालेस्टिनी सशस्त्र समूहहरूले यो हप्ता दुई वटा बन्धकहरूको भिडियो सार्वजनिक गरेका छन्। यता, संयुक्त राज्य अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा भएको वार्ता असफल भएपछि अन्तर्राष्ट्रिय समुदायबाट युद्धविरामका लागि दबाब तीव्र हुँदै गएको छ।
यसैबीच, सहायता एजेन्सीहरूले गाजाका बासिन्दाहरू भोकमरी र मानवीय संकटमा परेको बताएका छन्। उनीहरूका अनुसार इजरायली प्रतिबन्धका कारण विनाशकारी अनिकाल उत्पन्न भएको हो।
तर जनरल जमीरले यी आरोपहरू अस्वीकार गर्दै भनेका छन्, “गाजावासीहरूको पीडा र मृत्युको जिम्मेवार हमास स्वयं हो। इजरायलको उद्देश्य बन्धकहरूलाई सुरक्षित रिहाइ गराउनु हो।” रासस–एएफपी




.gif)





